Thursday, April 23, 2026
83.6 F
Washington DC.

सत्ता साझेदार संयन्त्रको बैठकले टुंग्यायो मन्त्रालयको भागबन्डा

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सत्ता साझेदारको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालयको भागबन्डा टुंग्याएको छ। बैठकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित राजनीतिक संयन्त्रका संयोजक एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसहित बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी थिए ।

यसअघि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालकोटमा छलफल भएको थियो ।

बालुवाटारमा सुरु भएको पाच घण्टा लामो छलफलले अन्तत मन्त्रालयको भागबन्डा टुंग्याएको छ । बालुवाटार श्रोत का अनुसार नेकपा एमालेलाई ८, माओवादीलाई ४ , राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३-३ मन्त्री र एक-एक राज्यमन्त्री तथा जनमत पार्टीललाई १ मन्त्री दिने सहमति भएको छ ।

श्रोतका अनुसार भोलि मंगलबार १ बजे नयाँ मन्त्रीहरुको शपथग्रहण हुनेछ । मंगलबार नै मन्त्रीहरुको नामसहित भागबण्डाको विवरण सार्वजनिक गरिने बालुवाटार श्रोतले जानकारी गराएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img