spot_img
Monday, May 20, 2024
64.9 F
Washington DC.
spot_img

राजधानी कीभ नजिकै हेलिकप्टर दुर्घटना हुँदा युक्रेनका गृहमन्त्रीसहित १८ जनाको मृत्यु

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

युक्रेनको राजधानी कीभ नजिकै बुधबार हेलिकप्टर दुर्घटना हुँदा युक्रेनका गृहमन्त्रीसहित १८ जनाको मृत्यु भएको छ।

हाइलाइटस :

  • युक्रेनको राजधानी कीभनजिकै हेलिकप्टर दुर्घटना
  • दुर्घटनामा युक्रेनका गृहमन्त्री डेनिस मोनास्टिरस्कीको मृत्यु
  • हेलिकप्टर दुर्घटनामा कूल १८ जनाको मृत्यु

युक्रेनमा एउटा ठूलो हेलिकप्टर दुर्घटना भएको छ, जसमा युक्रेनका गृहमन्त्री डेनिस मोनास्टिरस्कीलगायत उच्च अधिकारीको मृत्यु भएको छ । यस दुर्घटनामा कूल १८ जनाको मृत्यु भएको प्रहरीले बुधबार जनाएको छ ।

राजधानी कीभको बाहिरी क्षेत्रमा उक्त दुर्घटना भएको हो । यस क्षेत्रका गभर्नरले पहिले भनेका थिए कि हेलिकप्टर युक्रेनको राजधानी कीभ बाहिर बोवरी नजिकैको एक विद्यालय नजिकै दुर्घटनाग्रस्त भएको थियो। घटनापछि यस दुर्घटनाको भिडियो पनि देखिएको छ, जसमा घटनास्थलमा आगोलागेको र चिच्याहट सुनिएको छ ।

युक्रेनका सुरक्षा विज्ञ मारिया अवदेवाले ट्वीट गर्दै ब्रोभरीमा युक्रेनका गृहमन्त्री डेनिस मोनास्टिरस्की, उनका सहायक येभेन येनिन र मन्त्रालयका राज्य सचिव युरी लुब्कोभिचको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको बताएकी छन् । हेलिकप्टर बालबालिकाको विद्यालय नजिकै खसेको थियो । जसमा २ बालबालिकासहित १८ जनाको मृत्यु भएको छ ।

रूसी आक्रमणको सन्दर्भ छैन

हेलिकप्टर के कारणले दुर्घटना भएको हो भन्ने तत्काल खुल्न सकेको छैन । रुसबाट तत्काल कुनै टिप्पणी आएको छैन र युक्रेनी अधिकारीहरूले त्यस समयमा यस क्षेत्रमा कुनै रुसी आक्रमणको सन्दर्भमा कुनै उल्लेख गरेका छैनन् । घटनाका बेला उक्त क्षेत्रमा भारी हिमपात भएको बताइएको छ । दुर्घटनाको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

युक्रेनका गृहमन्त्री को थिए ?
युक्रेनका गृहमन्त्री डेनिस मोनास्टिरस्कीलाई राष्ट्रपति जेलेन्स्कीले २०२१ मा देशको आन्तरिक मन्त्रीको रूपमा नियुक्त गरेका थिए र जेलेन्स्कीको मन्त्रिपरिषद्को प्रमुख व्यक्तित्व थिए। डेनिस मोनास्टिरस्कीलाई सम्पूर्ण युक्रेनको पुलिस र सुरक्षाको जिम्मेवारी दिइएको थियो।

डेनिस मोनास्टिरस्की युक्रेनमा युद्ध सुरु भएदेखि मृत्यु हुने पहिलो प्रमुख मन्त्री हुन्। रिपोर्टका अनुसार ब्रोभरी सहरमा हेलिकप्टर आवासीय परिसरबाट उडिरहेको बेला दुर्घटना भएको थियो । मोनास्टिरस्कीका प्रथम मन्त्री येवगेनी येसेनिन पनि यस हेलिकप्टर दुर्घटनामा मारिएका थिए।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img