spot_img
Wednesday, September 25, 2024
65.9 F
Washington DC.
spot_img

विश्वका तीब्र गतिका धावक उसैन बोल्टको खाताबाट १६४ करोड गायब

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

विश्वका तिब्र गतिका धावक उसेन बोल्टले अचानक करोडौं रुपैयाँ गुमाएका छन् । बोल्टका वकिलका अनुसार उसैन बोल्टको एकाउन्टबाट १२.७ मिलियन डलर, अर्थात १६४ करोड बराबरको रुपैयाँ हराएको छ ।

हाइलाइटस :

  • अक्टोबर ३१, २०२२ सम्म बोल्टको खातामा १२,७५८,१८१.७४ अमेरिकी डलर रहेको
  • बोल्टल्टको खातामा यतिबेला मात्र १२,०४७. ६५ अमेरिकी डलर बाँकी
  • बोल्टका वकिलहरूद्वारा स्टक एन्ड सेक्युरिटी लिमिटेड (एसएसएल) लाई पत्राचार गर्दै गायब भएको रकम १२.७ मिलियन डलर फिर्ता गर्न माग
  • बोल्ट यस विषयमा अदालत जाने
  • अर्थमन्त्रीले भने–दोषीलाई कारबाही हुन्छ

बोल्टका वकिलहरूले उनको जमैकन लगानी फर्ममा १२.७ मिलियन डलर हराएको बताएका हुन्। अहिले उनको बैंक खातामा जम्मा १२ हजार डलर मात्र बाँकी छ । उसैन बोल्टका वकिलहरूले अब अदालत जाने योजना बनाएको बताएका छन् ।

खातामा १२ हजार मात्रै बाँकी
उसैन बोल्टकातर्फ बाट फ्रेटर, एनिस र गोर्डन फर्मका वकिल लिन्टन पी गोर्डनले जनवरी १६ मा स्टक एन्ड सेक्युरिटी लिमिटेड (एसएसएल) लाई एक पत्र लेख्दै अक्टोबर ३१, २०२२ सम्म बोल्टको खातामा १२,७५८,१८१.७४ अमेरिकी डलर रहेको उल्लेख छ। साथै , बोल्टको खातामा यतिबेला मात्र १२,०४७. ६५ अमेरिकी डलर बाँकी रहेको उल्लेख गरिएको छ।

जनवरी १६ को पत्रमा वकिलले थप लेखेका छन् : “हामीलाई अब डरलाग्दो रूपमा निर्देशन दिइएको छ कि रहस्यमय रूपमा हाम्रो ग्राहकको उक्त खातामा मात्र १२,०४७. ६५ को ब्यालेन्स छोडेर बाकि रकम गायब गरिएको छ । यदि यो सही छ, र हामी आशा गर्छौं कि यो सहि नहोस , तब हाम्रो ग्राहक विरुद्ध धोखाधडी वा दुवैको संयोजनको गम्भीर कार्य गरिएको छ।”

बोल्ट यस विषयमा अदालत जाने
कम्पनीले रकम फिर्ता नगरे हामी यस विषयमा अदालत जानेछौं, गोर्डनले संचार माध्यामलाई जानकारी गराएका छन् । गोर्डनले अगाडि भने , “यो अत्यन्तै निराशाजनक छ। हामी आशा गर्छौं कि यो मुद्दा सौहार्दपूर्ण रूपमा समाधान हुन्छ र बोल्डले आफ्नो पैसा फिर्ता पाउनेछ। अन्यथा हामी यसलाई अदालतमा लैजानेछौं।” उसैन बोल्टको खाता स्टक एन्ड सेक्युरिटी लिमिटेड (एसएसएल) कम्पनीमा थियो। मिडिया रिपोर्टका अनुसार यो जमैकाको लगानी कम्पनी हो।

कम्पनीले के भन्यो ?
वास्तवमा ११ जनवरीमा उसैन बोल्टले आफ्नो पैसा हराएको थाहा पाएका थिए। त्यसपछि, किङ्स्टनस्थित स्टक एण्ड सेक्युरिटीज लिमिटेड (एसएसएल) ले भोलिपल्ट एक विज्ञप्ति जारी गर्दै कम्पनीलाई एक पूर्व कर्मचारीले ठगीको गतिविधि गरेको थाहा पाएको बताएको थियो। कम्पनीले यस विषयमा कानून प्रवर्तनलाई बुझाएको र कम्पनीले सम्पत्ति सुरक्षित गर्न र प्रोटोकल बलियो बनाउन पर्याप्त कदम चालेको पनि बताएको छ। यसैबीच, जमैका कन्स्टेबुलरी फोर्सले सोमबार भनेको छ कि यसको ठगी र वित्तीय अनुसन्धान टोलीहरूले कम्पनीमा कथित ठगीको गतिविधिहरूको अनुसन्धान गरिरहेको छ।

अर्थमन्त्रीले भने–दोषीलाई कारबाही हुन्छ
यसैबीच जमैकाका अर्थमन्त्री नाइजेल क्लार्कले एसएसएल ले खतरनाक धोखाधडी गरेको बताएका छन् । उनले घटनामा संलग्न सबै कर्मचारीलाई कारबाही गर्ने बताएका छन् । यसैबीच , जमैकाको वित्तीय सेवा आयोगले किङ्स्टनको राजधानीमा रहेको स्टक एण्ड सेक्युरिटीज लिमिटेडमा धोखाधडीको आरोपहरू हेर्न विशेष लेखा परीक्षक नियुक्त गर्ने घोषणा गरेको छ ।

उसेन बोल्टको रेकर्ड

उसेन बोल्टको नाम खेल जगतका महान खेलाडीहरूमध्ये एक हो। उनले एक दशकसम्म स्प्रिन्टिङमा प्रभुत्व जमाए। यस अवधिमा उनले यति धेरै कीर्तिमान बनाए जसलाई तोड्न असम्भव मानिन्छ । उसैन बोल्टले १०० मिटर दौडमा विश्व कीर्तिमान राखेका छन् । बोल्टले सन् २००९ मा बर्लिनमा भएको विश्व एथलेटिक्स च्याम्पियनसिपमा ट्र्याकमा यो कीर्तिमान बनाएका थिए । उनले यस प्रतियोगिताको फाइनलमा ९ दशमलव ५८ सेकेण्डमा १०० मिटर दौड पुरा गर्न सफल भएका थिए। अर्थात् उनको गति ४४.७२ किलोमिटर प्रतिघण्टा थियो ।

उसेन बोल्टका वकिलले लेखेको पत्र

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img