spot_img
Wednesday, September 25, 2024
65.9 F
Washington DC.
spot_img

विश्वको जीवित बुढो कुकुर: स्पाइकले राख्यो गिनिज बुकमा नाम

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

हो , उमेरले २३ बर्षको स्पाइक नामक एउटा कुकुरले गिनिज बुकमा ‘विश्वको जीवित बुढो कुकुर’ को नाम राख्न सफल भएको छ।

संक्षिप्तमा :

  • अमेरिकाको ओहायोमा रहेको चिहुआहुआ प्रजातिको कुकुर विश्वकोको सबैभन्दा बुढो कुकुर भएको छ।
  • यहाँको एक परिवारले उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा समावेश गरेको छ ।
  • यहाँको एक परिवारले उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा समावेश गरेको छ ।
  • स्पाइक डिसेम्बर ७ , २०२२ मा १३ वर्ष र ४३ दिनको भयो।

अमेरिकाको ओहायोमा बस्ने एक परिवारले आफ्नो कुकुरको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा राखेको छ । यो कुकुरको नाम स्पाइक हो र बिहीबार उसको नाम गिनिज बुकमा परेको छ ।

स्पाइक चिहुआहुआ नस्लको कुकुर हो। अमेरिकाको ओहायो राज्यको प्रिबल काउन्टीको क्याम्डेनमा रिता किमबल परिवारसँग स्पाइक बस्छ। गिनिज बुकका अनुसार डिसेम्बर ७, २०२२ मा स्पाइक २३ वर्ष ४३ दिनको भएको छ। नौ इन्च (२२. ८६ से.मी ) उचाईको स्पाइकको तौल १२. ९ पाउण्ड (५.८५ किलोग्राम ) छ।

तस्बिर: गिनिज बुक

पार्किङलटमा स्पाइक भेटिएको थियो
रिता किमबलले स्पाइकलाई पार्किङमा भेट्टाएकी थिइन् । उनले क्याम्डेन, ओहायो स्थित एक ग्रसरी स्टोरको पार्किङलटमा स्पाइकलाई भेटेकी थिइन्। त्यतिबेला उनलाई १३ वर्षपछि पनि स्पाइक आफ्नो जीवनको हिस्सा बन्ने कल्पना थिएन । रिताले स्पाइकलाई भेटदा स्पाइक १० वर्षको थियो । रिताले स्पाइकलाई उनको फार्महाउसमा राख्ने निर्णय गर्दै घर ल्याएकी थिइन्। स्पाइक कसको हो वा त्यो कसरी पार्किङ स्थलमा पुग्यो भन्ने किमबल परिवारलाई थाहा थिएन ।

स्पाइकको अवस्था राम्रो थिएन
रिताका अनुसार पार्किङलटमा भेटिएको स्पाइकको पिठ्युँ खौरिएको थियो, घाँटीमा चेन वा डोरीबाट रगतको दाग थियो, र स्पाइक एकदमै नराम्रो देखिन्थ्यो।

तस्बिर: गिनिज बुक

स्पाइक तीन दिनदेखि पार्किङ्ग लटमा भएको र उनीहरूले स्पाइकलाई रहल पहल बचेको खानेकुरा खुवाउँदै आएको ग्रसरी स्टोरको क्लर्कले किमबल परिवारलाई बताएका थिए।

स्पाइक कसको हो भन्ने थाहा नभएकोले रिताले आफ्नो सानो फार्ममा रहेको बथानमा सामेल हुन कुकुरलाई घर लैजाने निर्णय गरेकी थिइन् ।

“जब हामी स्टोरबाट पार्किङमा आयौ , स्पाइक पछि पछि आयो ,” रिताले सम्झदै गिनिज बुकलाई बताएकी हुन् ।

त्यसपछि पार्किङ्गलटमा आएर आफ्नो नातीलाई बसाउन कारको ढोका खोल्दा स्पाइकले कारमा हाम फालेको रिता स्मरण गर्दछिन।

रिताले गिनिज बुकलाई बताए अनुसार स्पाइकलाई आफू कहाँ जाँदैछ भन्ने थाहा भएको जस्तो देखिन्थ्यो। यसपछि उनलाई स्पाइकलाई एक्लै छाड्ने मन लागेन।

तस्बिर: गिनिज बुक

स्पाइकले राम्रोसँग देख्न र सुन्न सक्दैन
रिताले गिनिज बुकलाई बताए अनुसार स्पाइक एक शान्त र मिलनसार कुकुर हो। नचिनेको अरू कसैले उसलाई चलाएपछि मात्र उ आक्रामक हुन्छ। उसले चाँडै साथी बनाउँछ। तर स्पाइकले राम्रोसँग देख्दैन र उसलाई सुन्न पनि गाह्रो हुन्छ। कहिलेकाहीँ एक्लै भएको महसुस हुन्छ, त्यसैले उसले कसैको कुरा सुन्दैन।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img