spot_img
Wednesday, September 25, 2024
65.9 F
Washington DC.
spot_img

सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई गृहको लेखित निर्देशन

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

संक्षिप्तमा :

  • कर्तव्य ज्यान मुद्दाका फरार सांसद कोइरीलाई कुनै कारबाही बढाउन नसकेको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको आलोचना
  • फरार सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्रीको मौखिक आदेश प्रहरी प्रधान कार्यालयले मानेन
  • मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै कोइरीलाई पक्राउ गरी तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन
  • सांसद लक्ष्मी महतो कोइरी नेकपा एमालेबाट निर्वाचित संघीय सांसद

कर्तव्य ज्यान मुद्दाका फरार सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्रीको मौखिक आदेश प्रहरी प्रधान कार्यालयले नमाने पछि गृह मन्त्रालयले शुक्रबार एक पत्रलेख्दै मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै कोइरीलाई पक्राउ गरी तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ।

उक्त बिज्ञप्तिमा गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलको हस्ताक्षर गरेका छन्। पत्रमा निज कोइरीलाई पक्राउ गरी तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइएको छ ।

‘माननीय उपपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यूबाट पटक पटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । निज प्रतिवादीलाई कानून बमोजिम पक्राउ गरी तत्काल कारबाही अगाडि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको व्यहोरा अनुरोध छ,’ बिज्ञप्तिमा भनिएको छ ।

सांसद लक्ष्मी महतो कोइरीलक्ष्मी महतो कोइरी नेकपा एमालेबाट निर्वाचित संघीय सांसद हुन। उनी विरुद्व प्रेम बहादुर विकले कर्तव्य ज्यान मुद्दा दायर गरेका थिए ।

कर्तव्य ज्यान मुद्दामा फरार भनिएका सांसद कोइरी यसअघिको संसद्‍ बैठकमा उपस्थित हुदै आएका थिए। तर , सांसद कोइरीलाई कुनै कारबाही बढाउन नसकेको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको आलोचना हुदै आएको थियो । लामिछानेले कतिपय अवस्थामा दोषी व्यक्तिलाई कानुन सम्मत रुपमा पक्राउ गर्न संरचनागत कठिनाइ रहेको भन्दै प्रतिक्रिया दिदै आएका थिए ।

गृह मन्त्रालयको बिज्ञप्तिको पूर्णपाठ

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img