spot_img
Wednesday, September 25, 2024
65.9 F
Washington DC.
spot_img

जाम्बियामा ३३ जना अवैध आप्रवासी पक्राउ

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

जाम्बियाका सुरक्षा निकायले शुक्रबार राजधानी लुसाकामा इथियोपियाली भएको आशङ्कामा ३३ गैरकानुनी आप्रवासीलाई पक्राउ गरेको बताएको छ ।

प्रहरी उपप्रवक्ता ड्यानी म्वालेले शुक्रबार बिहान तीव्र गतिमा हुइँकिएका तीनवटा मिनिबसले सुरक्षा चौकी अगाडि नरोकी अगाडि बढ्न खोजेपछि खोजतलास गर्दा अवैध आप्रवासी पक्राउ परेको बताएका छन् । 

मिनिबसमा रहेका २० मध्ये १३ जना आप्रवासी पक्राउ परेका छन् अन्य सात जना भागेका छन् । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले आप्रवासी मलावियाको सिमाना हुँदै जाम्बिया प्रवेश गरेको देखाएको छ ।

जाम्बियाले हालैका महिनामा दक्षिणी अफ्रिकी क्षेत्रका अन्य देशमा प्रवेश बिन्दुको रूपमा देश प्रयोग हुँदै गरेको र अवैध आप्रवासीको सङ्ख्यामा वृद्धि भएको जनाएको छ ।

गत महिना २७ जना अवैध आप्रवासीको शव लुसाकाको बाहिरी इलाकामा फ्याँकिएको अवस्थामा भेटिएको थियो । उनीहरू ट्रकमा निसास्सिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । सिन्ह्वा

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img