spot_img
Wednesday, September 25, 2024
71.2 F
Washington DC.
spot_img

रवि लामिछानेको सांसद पद खारेज

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज शुक्रवार फैसला सुनाउँदै उनको सवै निर्वाचन प्रक्रिया बदर हुने ठहर गरेको छ । 

सर्वोच्च अदालतको आज शुक्रबार भएको उत्प्रेषण आदेशअनुसार लामिछानेको नागरिकता अवैध रहेको ठहर गरेको छ । यो आदेशसँगै उनको सांसद पद समेत जाने भएको छ।

रवि लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत रूपमा नेपाली नागरिकता पुन: कायम गर्ने प्रक्रिया पूरा गरेको नदेखिएको हुँदा निजले प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार हुन वा सो पदमा निर्वाचित भई कायम रहन मिल्ने देखिएन,’ सर्वोच्च अदालतको फैसलामा भनिएको छ।

साथै सर्वोच्चले आदेशमा लेखेको छ : ‘निजले चितवन २ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार हुन पाउने अवस्था नरहेकोमा उम्मेदवार भई निर्वाचितसमेत भएको देखिँदा निज प्रत्यर्थी रवि लामिछानेलाई उम्मेदवार कामय गर्ने, निजलाई निर्वाचित घोषणा गर्ने, प्रमाण पत्र दिनेलगायत कामकारबाही नेपालको संविधानको धारा १३३ को उपधारा २ (३) तथा धारा १३७ बमोजिम उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ,’ फैसलामा भनिएको छ।

सांसद लामिछाने चितवन क्षेत्र २ बाट भारी मत ल्याएर निर्वाचित भएका थिए। अदालतको आदेशसँगै उनको निर्वाचन प्रक्रिया सबै बदर हुनेभएको छ । 

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img