spot_img
Thursday, September 26, 2024
77.1 F
Washington DC.
spot_img

सार्वजनिक यातायातमा यौन दुर्व्यवहारः कसरी रोक्ने?

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपालमा सार्वजनिक यातायातमा हुने यौन दुर्व्यवहारको अवस्था भयावह छ। बेलाबेलामा महिला प्रहरी आफै बस वा टेम्पो वा माइक्रो चढेर आफै यौन दुर्व्यवहारको सिकार बनेर पीडकहरूलाई समाउनु पर्ने अवस्था छ। यौन दुर्व्यवहार भोग्ने अथाह पीडामा हुन्छन् बाँकी यात्रुचाहिँ तै चुप मै चुपको स्थीतिमा।

बेलायतको राजधानी लण्डनको सार्वजनिक यातायात सेवाले आमयात्रीलाई आह्वान गरेका कुराबाट हामीले केही सिकेर यौन दुर्व्यवहारलाई बन्द गराउन सक्छौ की?

सार्वजनिक यातायातमा यौन उत्पीडनको अनुभव जस्तोसुकै भए पनि, हामी तपाईंलाई यो ठीक छैन र यसलाई सहनु हुँदैन भनेर अगाडि आउनु पर्छ भन्ने आह्वान लण्डनको सार्वजनिक यातायात सेवाले आमयात्रीलाई गरेको  छ।

यी परिस्थितिहरूमा निरीह भएर शक्तिहीन महसुस गर्न सजिलो छ। के गर्ने वा अरूलाई कसरी मद्दत गर्ने  भन्ने थाहा छैन भनेर चुप बस्ने निरीहता जनाउनु त झन सजिलो । तर यसो गर्नु हुँदैन।

७१% महिलाहरूले सार्वजनिक  यातायातका स्थानहरूमा यौन उत्पीडनको अनुभव गरेको युएन  वुमनको एक अध्ययनले बताएको छ। त्यसैले दुःखको कुरा धेरैले आफूलाई ‘तल्लो तहको’ उत्पीडनको कुरालाई सहन गर्न सिकेका छन्।र, यो सामान्य हुने कुरा हो भनी स्वीकार गर्छन्।  यसमा हुने  यौन उत्पीडनमा यौन प्रकृतिको  हेराइ, यौन टिप्पणी वा इशाराहरू, कसैलाइ  छुने वा थिच्ने, कपडा उचालिन खोज्ने जस्ता कुरा समावेश हुन सक्छ । यी व्यवहार अति नै हानिकारक छन् र तिनीहरूलाई सभ्य  समाजले स्वीकार गरिनु हुँदैन।

लण्डनको यातायात  सेवाले यात्रुहरूलाई आफ्नो नेटवर्कभर यात्रा गर्दा यस्ता दुर्व्यवहार बारे  खोजीर्गर्न प्रोत्साहित गरिरहेको छ। यसको एक प्रतिवेदनले पत्ता लगायो कि ६३ प्रतिशत मानिसहरू यस्ता अपराधको बारे  बताउन  सहज महसुस गर्नेछन्।  उनीहरूसँग मद्दत गर्ने उत्तम तरिकाको बारेमा थप जानकारी छ भने त्यो सहज हुनेछ  पनि भने।   त्यसैले यो सेवा र यसका पुलिस साझेदारहरूले  कसरी सक्रिय हुनसकिन्छ भन्ने बारे केही निर्देशन पनि जारी गरेका छन्।

आपतकालिन अवस्थामा,  जहिले पनि   प्रहरीले ९९९ मा कल गर्नुपर्छ भनेर  यात्रुहरूलाई प्रोत्साहित गरेको छ।अन्य परिस्थितिहरूको लागि, यस्तो अपसोचयुक्त अवस्था देख्नु  भयो भने तपाईंले के गर्न सक्नुहुन्छ त? यसबारे  लण्डन को  सार्वजनिक यातायात सेवाले यस्तो  सुझाब  दिएको छ।

१. एक प्रश्नको प्रयोग गरेर विचलित पार्नुहोस् 

यदि तपाइँ  सुरक्षित महसुस गर्नुहुन्छ भने, अपराधीलाई बेवास्ता गर्दै  उसको लक्षित व्यक्तिसँग कुरा गर्न सक्नुहुन्छ। र, कुनै एक प्रश्न सोध्नुहोस्।    ‘तपाईसँग समय छ?’  वा ‘अर्को स्टप कुन हो?’ जस्ता साना प्रश्न सोध्ने। यसले पीडकलाई  व्याकुलता प्रदान गर्न सक्छ र खराब स्थितिलाई कम गर्न मद्दत गर्न सक्छ।

२] तपाईंले के के देख्नुहुन्छ सो को कागजात बनाई रिपोर्ट गर्नुहोस्

के भइरहेको हो, तपाईं कहाँ हुनुहुन्छ, कुन लाइन, स्टेसन, बस नम्बर वा ट्युब/रेलको गाडी नम्बर के के हो,  कुन समय हो, अपराधी कस्तो देखिन्छ, उनीहरूले के लगाएका छन्  र अन्य कुनै महत्त्वपूर्ण विवरणहरू नोट गर्नुहोस्। तपाईंले साक्षीका रूपमा देख्नुभएको कुरा रिपोर्ट गर्नाले अनुसन्धानमा मद्दत गर्छ र अरू कसैलाई पीडित हुनबाट रोक्न सक्छ।

रिपोर्ट गर्न  ट्यूब र रेल सेवाहरूको लागि, ब्रिटिश यातायात पुलिस को ६१०१६ मा  र बस सेवाहरूको लागि, मेट्रोपोलिटन पुलिसलाई १०१ मा कल गर्नुहोस् वा  अनलाइन बाट  विवरण  पठाउन पनि  सकिन्छ ।

३] पीडामा  पारेकाहरूसँगै   कुरा  गर्नुहोस् र  उनीहरू ठीक छन् भनेर आश्वस्त गर्नुहोस्। 

यस्तो घटना पछि, अपराध  लक्षित व्यक्तिसंग नै   कुरा गर्नु त  झन राम्रो कुरा हो। जे भयो  त्यो ठीक  थिएन भनी तिनीहरूलाई आश्वस्त पार्नुहोस्।  तपाईंले मद्दत गर्न सक्ने केही छ कि  बताउनु  होस् ।  घटनाको रिपोर्ट गर्नुहुनेछ भने तिनीहरूलाई थाहा दिनुहोस्। यसले उनीहरूलाई साथ पाइएको महसुस गराउन सक्छ।  र आफै रिपोर्ट गर्न  पनि थप विश्वस्त बनाउन सक्छौ।

सार्वजनिक यातायात नेटवर्कमा हुने यौन दुर्व्यवहारका सबै घटनाहरूको अनुसन्धान गर्न  यातायात  सेवाले समर्थन गर्नु पर्छ। त्यसैले यी घटनाहरू रिपोर्ट गरिएको र के भयो भन्ने रेकर्ड हुनु एकदम महत्त्वपूर्ण छ। थप जानकारीको साथ, पुलिसले अपराधीको प्रोफाइल बनाउन सक्छ र यसलाई फेरि हुनबाट रोक्न सक्छ। अपराधीहरूको अभिलेख राख्ने सन्दर्भमा दर्शकहरूले गर्न सक्ने कुरा अमूल्य हुन्छ।

यौन उत्पीडन विरुद्ध लड्नका लागि  लण्डनको  सार्वजनिक यातायात सेवाले अन्य  उपायहरू पनि ल्याएको छ।   अपराधहरूबाट प्रभावित ग्राहकहरूलाई सहयोग गर्न कर्मचारीहरूलाई तालिम दिने र करिब ७० हजार सि सि टि भी क्यामेराहरूको विशाल नेटवर्क, साथै स्टाफ बडी क्यामहरू पनि समावेश छन्। साथै, उनीहरूले महिला र किशोरीहरू विरुद्ध हिंसा अन्त्य गर्न काम गर्ने संस्थाहरूसँग यौन दुर्व्यवहारको सामना गर्न आफ्नो दृष्टिकोण सुधार गर्न निरन्तर साझेदारी भइरहेको बताएको छ ।

यो अपराध विरुद्ध अभियान  चलाउन अनुसन्धानरत  ज़ान मुनले  यस बारे  टिप्पणी गरे:   “सार्वजनिक यातायात लगायत समाजका सबै कुनाहरूमा महिला विरुद्धको हिंसा उपस्थित छ, त्यसैले म यो महत्त्वपूर्ण अभियानको सुरुवातलाई स्वागत गर्छु र सक्रिय हस्तक्षेपको भूमिकालाई प्राथमिकता दिन्छु । ”

उनी  भन्छन् : हरेक  दिनको  घिनलाग्दो यौन उत्पीडनलाई चुनौती दिने जिम्मेवारी सबैको हुन्छ, र तपाईंले देखेको घटनामा मद्दत  गर्नु भनेको यस  विरुद्धको  अभियानलाई सुरु गर्नु  हो। अहिलेको अवस्थालाई बदल्न ब्यानरहरू बोकेर हिड्नु र विरोध प्रदर्शनमा जुलुस गर्नुपर्दैन, कहिलेकाहीँ सबैभन्दा सानो इशाराहरू र  दयालु व्यवहारले सबैभन्दा ठूलो परिवर्तन गर्न सक्छ।”

https://www.tyla.com/ मा प्रकाशित सामाग्रीको भावानुवाद।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img