Friday, March 6, 2026
53.4 F
Washington DC.

साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल ३–० ले बंगलादेशसँग पराजित

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ । ढाकास्थित बीएसएसएस मोस्तफा कमल रंगशालामा बिहीबार भएको फाइनल खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३–० ले पराजित भएको हो ।

योसँगै नेपाल दोस्रो पटक उपविजेता बनेको छ । सन् २०१८ मा भएको पहिलो संस्करणमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएर उपविजेता बनेको थियो ।

त्यस्तै यस संस्करणमा नेपाल बंगलादेशसँग दुई पटक पराजित भएको थियो । चार राष्ट्रको च्याम्पियनसिपको पहिलो खेलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।

बिहीबार भएको फाइनल खेलमा बंगलादेशले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो । ४२औं मिनेटमा साहेदा अख्तर रिपाले गोल गर्दै अग्रता लिएकी थिइन् ।

पहिलो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा कप्तान समसुन्नाहरले गोल गर्दै अग्रता दोब्बर बनाएकी थिइन्। त्यस्तै, ८७ औं मिनेटमा बंगलादेशका लागि उनोती खातुनले गोल गरिन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img