spot_img
Friday, September 27, 2024
72.6 F
Washington DC.
spot_img

“भिभिआईपी” को सवारी नियम फेरिने, डाक्टरहरूको आन्दोलन स्थगित

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपाल चिकित्सक संघको आन्दोलन पछि सरकार ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’  फेर्न तयार भएको छ। यही कार्यविधिका कारण नै नेपालका कथित “भिभिआईपी” हरूको आवागमनलाई राजतन्त्र कै शैली “सवारी” चलाउने गरिएकाले आमजनतालाई असहज हुँदै आएको छ।

माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंहलाई प्रहरीले कुटपिट गरी घाइते बनाएको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेका सेवा बन्द हुन। चिकित्सकहरूको आन्दोलनलाई सम्बोधन गर्न आइतबार बिहानै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्‍को कार्यालयमा नेपाल चिकित्सक संघ तथा सरकारका प्रतिनिधिबीच वार्ता भएको हो।

वार्तामा विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी एवं आमनागरिक र विशेष गरी स्वास्थ्य संस्था, विद्यालयलगायतका संवेदनशील संस्था तथा क्षेत्रहरुमा असहजता नहुने गरी ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ मा गर्नुपर्ने परिमार्जनसम्बन्धमा नेपाल सरकारसमक्ष एक हप्ताभित्र सुझाव पेश गर्ने र सरकारले उक्त सुझावहरुलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने पनि सहमति भएको छ ।

सरकार र सङ्घबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको वार्तापछि छबुँदे सहमति भएको र आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्काल स्थगित गरी आ–आफ्नो कार्य जिम्मेवारी सम्हाल्ने निर्णय भएको वार्ता टोलीका सहभागीले जनाएका छन्।

सहमतिमा माघ २७ गते भएको घटनाको सम्बन्धमा सम्बन्धित सुरक्षाकर्मीलाई निलम्बन गरी छानबिन सुरु भइसकेकाले समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने र घाइते चिकित्सकको उपचारको व्यवस्था नेपाल सरकारले गर्ने उल्लेख छ ।

सहमतिमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (संशोधसहित) ऐन, २०६६ बमोजिम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने तथा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्ने उल्लेख छ ।

सहमतिपत्रमा नेपाल चिकित्सक सङ्घका अध्यक्षबाट अध्यक्ष डा. लोचन कार्की र सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले हस्ताक्षर गर्नुभएको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img