Thursday, April 23, 2026
83.6 F
Washington DC.

मिसिसिपीको टेट काउन्टीमा ६ जनालाई गोली हानी हत्या , संदिग्ध हिरासतमा- प्रहरी

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

मिसिसिपीको टेट काउन्टीको एउटा स्टोरमा गोली चल्दा ६ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन्।

टेट काउन्टी शेरिफ ब्राड लान्सका अनुसार घटनास्थलमा छ जना पीडितहरुसंग गोलीबारी भएको थियो। उक्त घटनामा एक संदिग्ध हिरासतमा रहेको अधिकारीहरुले पुष्टि गरेका छन् ।

यो घटना मिसिसिपीको कोल्डवाटरको अर्काबुतला डाम रोडमा रहेको एक्सप्रेस मार्टमा भएको हो ।

शेरिफ ब्राड लान्सका अनुसार बन्दुकधारीले पसलमा गएर बन्दुकले एक व्यक्तिलाई गोली हानेका थिए । त्यसपछि बन्दुकधारीले बेन्ड रोड नजिकैको घरमा गएर एक महिलालाई गोली हाने ।

लान्सका अनुसार संदिग्ध अर्काबुतला बाँध रोडमा रहेको घरमा पनि गयको र त्यहाँ दुई जनाको गोली हानी हत्या गरेको थियो।

प्रहरीले संदिग्धको कारको विवरण मिल्ने कार देखेर रोक्न खोज्दा उसले आफ्नो कार नरोकी भागेकाले पिछा गरेको थियो।

प्रहरीले घरको ड्राइभवेमा कार रोकेर गोली चलाउनेलाई पक्राउ गरेको थियो । प्रहरीले एक व्यक्तिलाई कारमा र अर्को सडकमा मृत फेला पारेको बताएको छ।

घटनाका बारेमा थप जानकारी आउने अपेक्षा गरिएको छ।

(यो एउटा ब्रेकिङ न्यूज हो। अपडेटहरूको लागि हामीलाई पछ्याउदै गर्नु होला )

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img