spot_img
Friday, September 20, 2024
83.7 F
Washington DC.
spot_img

दक्षिण कोरियाको दाबी: उत्तर कोरियाले समुन्द्रतर्फ ब्यालेस्टिक मिसाइल प्रहार, एक दिन अघि कारबाही गर्ने धम्की

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले उत्तर कोरियाले शनिबार आफ्नो पूर्वी तटबाट समुद्रमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको बताएको छ। उत्तर कोरियाको यो कदम अर्को हप्ता वाशिंगटनमा हुने अमेरिका-दक्षिण कोरियाको संयुक्त अभ्यास अघि आएको हो।

उत्तर कोरियाले पूर्वी सागरमा अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको जोइन्ट चिफ अफ स्टाफले भनेको छ । अल जजीराको रिपोर्ट अनुसार, जापानको कोस्ट गार्डले पनि उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको बताएको छ।” यो पूर्वी समुद्रलाई जापानको सागर भनिन्छ। प्रक्षेपणको अघिल्लो दिन, उत्तर कोरियाको विदेश मन्त्रालयले दक्षिण कोरिया विरुद्ध “अभूतपूर्व” कारबाही गर्ने धम्की दिएको थियो।

योनहाप समाचार एजेन्सीले दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै उत्तर कोरियाले डिसेम्बरमा पूर्वी सागरमा दुईवटा मध्यवर्ती दूरीका ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको जनाएको छ। जोइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले प्योङयाङको सुनान क्षेत्रबाट साँझ ५:२२ मा प्रक्षेपण भएको पत्ता लगाएको बताएको छ। जेसीएसले तत्काल अन्य विवरणहरू प्रदान नगरेको योनहाप समाचार एजेन्सीले लेखेको छ ।

उत्तर कोरियाले यसअघि जनवरी १ मा छोटो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो।

दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफका अनुसार ती क्षेप्यास्त्रहरू ठाडो कोणबाट प्रहार गरिएको थियो र करिब ५०० किलोमिटरको दुरी तय गरिएको थियो। जेसीएसले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाका गुप्तचर अधिकारीहरूले उत्तर कोरियाको हालैका मिसाइल गतिविधिहरूको बारेमा अन्य विवरणहरूको लागि विश्लेषण गरिरहेको बताएको छ।

शुक्रबार प्योङयाङको विदेश मन्त्रालयले दक्षिण कोरिया र अमेरिकाले आफ्नो योजनाबद्ध संयुक्त सैन्य अभ्यासलाई अगाडि बढाएमा “अभूतपूर्व रूपमा निरन्तर र बलियो” प्रतिक्रियाको सामना गर्ने चेतावनी दिएको थियो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img