Friday, March 6, 2026
51.9 F
Washington DC.

एमालेले फिर्ता लियो गठबन्धन सरकारलाई दिएको समर्थन

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको गठबन्धन सरकारबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) सोमबार बाहिरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमालेबाट भएका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका थिए ।

एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, कृषिमन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी, रक्षामन्त्री हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र भूमिसुधार मन्त्री राजेन्द्रकुमार राईले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

आजै बिहान बसेको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) माओवादी केन्द्रले यही चैत ९ गते हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली काँग्रेसलाई साथ दिने निर्णय गरेपछि मतभेद गहिरिएको छ ।

दाहाल गत डिसेम्बर २५ मा प्रधानमन्त्री बनेका थिए । प्रतिनिधिसभामा नेकपा एमाले र अन्य दलका ७८ सहित १६९ सदस्यको समर्थन रहेको छ । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि सात दलको गठबन्धन टुटेको छ ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारबाट बाहिरिइसकेको छ।

नेकपा एमाले र गठबन्धनमा रहेका अन्य दलले दाहालले नेकपा एमालेको राष्ट्रपतिको उम्मेदवारलाई समर्थन गर्ने सम्झौता तोडेर आफूलाई धोका दिएको दाबी गरेका छन् । तल्लो सदनमा १४ सिट प्राप्त राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिबार गठबन्धन सरकारबाट दिएको समर्थन फिर्ता लिएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img