Friday, March 6, 2026
53.4 F
Washington DC.

इटालीमा विमान दुर्घटना, वायुसेनाका दुई हल्का विमान हावामा ठोक्किए; दुबै पाइलटको मृत्यु

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

इटालीमा वायुसेनाका दुई विमान आपसमा ठोकिएर दुर्घटना भएको छ  । वायुसेनाले एक विज्ञप्तिमा भनेको छ कि मंगलबार एक अभ्यासको क्रममा इटालियन वायुसेनाका दुई पाइलटको मृत्यु भएको छ। पाइलटले उडाएको विमान हावामा एक अर्कासँग ठोक्किएर जमिनमा खसेपछि दुर्घटना भएको हो।

दुई यु – २०८  विमानहरू रोमको उत्तरपूर्वमा लगभग २५ किलोमिटर (१५  माइल) गुइडोनिया सैन्य एयर बेस नजिकै ठोक्किएका थिए । एयर टू ग्राउन्ड विमानमा सवार दुवै पाइलटको मृत्यु भएपनि विमान खसेको स्थानमा कसैलाई चोटपटक भने लागेको छैन  ।इटालियन समाचार एजेन्सी एएनयसएका अनुसार  एउटा विमान जमिनमा ठोक्किएको र अर्को पार्क गरिएको कारमा ठोक्किएको बताएको छ। दुर्घटनापछि प्रधानमन्त्री जर्जिया मेलोनीले पाइलटका परिवार र सहकर्मीप्रति समवेदना व्यक्त गरेकी छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img