spot_img
Saturday, September 21, 2024
76.4 F
Washington DC.
spot_img

इटालीमा विमान दुर्घटना, वायुसेनाका दुई हल्का विमान हावामा ठोक्किए; दुबै पाइलटको मृत्यु

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

इटालीमा वायुसेनाका दुई विमान आपसमा ठोकिएर दुर्घटना भएको छ  । वायुसेनाले एक विज्ञप्तिमा भनेको छ कि मंगलबार एक अभ्यासको क्रममा इटालियन वायुसेनाका दुई पाइलटको मृत्यु भएको छ। पाइलटले उडाएको विमान हावामा एक अर्कासँग ठोक्किएर जमिनमा खसेपछि दुर्घटना भएको हो।

दुई यु – २०८  विमानहरू रोमको उत्तरपूर्वमा लगभग २५ किलोमिटर (१५  माइल) गुइडोनिया सैन्य एयर बेस नजिकै ठोक्किएका थिए । एयर टू ग्राउन्ड विमानमा सवार दुवै पाइलटको मृत्यु भएपनि विमान खसेको स्थानमा कसैलाई चोटपटक भने लागेको छैन  ।इटालियन समाचार एजेन्सी एएनयसएका अनुसार  एउटा विमान जमिनमा ठोक्किएको र अर्को पार्क गरिएको कारमा ठोक्किएको बताएको छ। दुर्घटनापछि प्रधानमन्त्री जर्जिया मेलोनीले पाइलटका परिवार र सहकर्मीप्रति समवेदना व्यक्त गरेकी छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img