Friday, March 6, 2026
62.1 F
Washington DC.

यमनको लाल सागरमा डुङ्गा दुर्घटना: २१ जनाको मृत्यु, अधिकांश महिला र बालबालिका

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

२७ जना यात्रु बोकेको डुङ्गा उत्तरपश्चिम यमनको तटमा रहेको लाल सागरमा मङ्गलबार पल्टिँदा २१ जनाको ज्यान गएको छ। डुङ्गामा अधिकांश महिला र बालबालिका भएको स्थानीय अधिकारीले संचार माध्यमलाई बताएका छन् । दुर्घटना मङ्गलबार दिउँसो होदेइदाह बन्दरगाह सहरको उत्तरी भागमा रहेको अल्लुहेयाह जिल्लामा भएको हो।

यात्रुहरू, जो सबै स्थानीय गाउँलेहरू थिए, आफन्तको विवाह समारोहमा भाग लिन अल्लुहेयाहबाट लाल सागरको सबैभन्दा ठूलो यमनी टापु कामरान टापु जाँदै थिए, अधिकारीले भनेका छन् । मृत्यु हुनेमा १२ महिला, सात बालबालिका र दुई पुरुष रहेका छन् ।

दुर्घटनामा ६ जना बाँचेका छन् र प्राथमिक उपचारका लागि होडेडाह सहरको अल-थवरा अस्पतालमा लगिएको संचार माध्यमले जनाएका छन् ।

अधिकारीले तीव्र हावाका कारण दुर्घटना भएको हुनसक्ने बताएका छन् । कामरान टापु र होडेडाह बन्दरगाह अक्टोबर २०१४ देखि हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेको छ। सुरक्षा उपायहरूको अभाव र क्षमताभन्दा बढी डुङ्गा ओसारपसारका कारण यमनको जलक्षेत्रमा दुर्घटनाहरू सामान्य छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img