Tuesday, April 8, 2025
44.3 F
Washington DC.

आइसिसी विश्वकप लिग–२ : आज नेपाल र युनाइटेड अरव इमिरेट्स (युएई) भिडदै

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज नेपालले युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ । खेल बिहान ९ : ३० मा टियु क्रिकेट मैदानमा सुरुहुनेछ।

नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हारसहित ३४ अंकका साथ पाँचौं स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ ।

नेपालले यदि युएईसंग जीत हांसिल गरेमा ३६ अंकका साथ चौथो स्थान बनाउने छ । यदि नेपाल बाँकी दुवै खेलमा पराजित भयो भने नेपाल शीर्ष पाँचमा रहेर ओडिआईको मान्यता पाउने छ ।

उता, युएई ३३ खेलमा १४ मा जित र १६ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा हुनेछ । युएईलाई ओडिआई मान्यता पाउन बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ । यदि युएयी नेपालसँग पराजित भएमा ओडिआई मान्यता सोझै प्राप्त गर्ने अवसर निकै कठिन बन्नेछ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सोमबार सेयर बजार: डाउ जोन्समा भारी गिरावटमा, तर टेक कम्पनीहरू केही हरियालीमा; चीनसँग व्यापार तनावसम्बन्धी हल्लाले लगानीकर्ता त्रसित

सोमबारको अमेरिकी सेयर बजार मिश्रित ट्रेन्डमा बन्द भएको छ। Dow Jones र S&P 500 जस्ता प्रमुख सूचकांकहरूमा उल्लेख्य गिरावट...

अन्य समाचार

- Advertisement -spot_img