spot_img
Monday, May 13, 2024
51.8 F
Washington DC.
spot_img

भारतको पोल्टामा २ वटा ओस्कार अवार्ड

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

९५ औँ ओस्कार समारोहमा भारतले पहिलो पटक दुईवटा अवार्ड प्राप्त गरेको छ । फिल्म आरआरआरको ‘नाटू-नाटू’ गीतले उत्कृष्ट मौलिक गीतको अवार्ड जितेको छ । साथै, ‘द एलिफ्यान्ट व्हिस्पर्स’ ले उत्कृष्ट डकुमेन्ट्री सर्ट फिल्मको अवार्ड जित्न सफल भएको छ । तर, डकुमेन्ट्री फिचर फिल्म अल दैट ब्रीद्स दौडबाट बाहिरिएको छ। ओस्कार अवार्डमा भारतले यी तीन विधामा नामांकन पाएको थियो ।

यसअघि गोल्डेन ग्लोब्स अवार्डमा नाटू-नाटूले उत्कृष्ट मौलिक गीतको उपाधि जितेको थियो । नाटू-नाटू गीतका लेखक चन्द्रबोस र संगीतकार एमएम कीरवानी ले ट्रफी लिएका थिए ।

‘द एलिफ्यान्ट व्हिस्पर्स’ का निर्देशक कार्तिकी गोन्साल्वेस र निर्माता गुनीत मोंगाले उत्कृष्ट डकुमेन्ट्री सर्ट फिल्मको अवार्ड प्राप्त गरे । सो क्रममा समारोहमा उपस्थित दीपिका पादुकोण भावुक भएकि थीइन । दीपिका कार्यक्रमको प्रस्तोताको रुपमा आइपुगेकी थिइन् । अमेरिकाको लस एन्जलसमा आइतबार बेलुका ओस्कार समारोह सम्पन्न भएकोथियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै RRR र The Elephant Whispers को निर्माताहरूलाई बधाई दिएका छन् । ‘असाधारण! ‘नाटू-नाटू’ को लोकप्रियता विश्वव्यापी छ। यो एउटा गीत हो जुन आगामी वर्ष सम्म याद रहनेछ। यस सम्मानको लागि एमएम कीरवानी र चन्द्रबोस सहित सम्पूर्ण टोलीलाई बधाई छ। भारत उत्साहित र गर्व छ, ‘ मोदीले ट्वीटमा लेखेका छन्।

द एलिफन्ट व्हिस्पर्सले सर्वोत्कृष्ट डकुमेन्ट्री सर्ट फिल्मको अवार्ड जितेपछि निर्माता गुनीत मोंगाले सामाजिक सञ्जालमा लेखेका छन्- “हामीले भर्खरै भारतीय निर्माणको लागि पहिलो ओस्कार जित्यौं। दुई महिलाले यस्तो गरे । म अझै काँपिरहेको छु।”

त्यही क्रममा निर्देशक कार्तिकी गोन्साल्विसले लेखेका छन् – “यो अवार्ड मेरो मातृभूमि भारतको लागि हो।”

द एलिफ्यान्ट व्हिस्पर्स ओस्कर जित्ने गुनीतको दोस्रो फिल्म हो। फिल्मले दक्षिण भारतीय जोडी बोमन र बेलीको कथा बताउँछ, जसले रघु नामको अनाथ हात्तीको हेरचाह गर्छन्। यस चलचित्रमा मानिस र जनावरबीचको सम्बन्धलाई देखाइएको छ । यसअघि उनको फिल्म पिरियड एन्ड अफ सेन्टेन्सले २०१९ मा उत्कृष्ट वृत्तचित्र सर्ट फिल्मको विधामा ओस्कार अवार्ड जितेको थियो ।

चयन गरिएका विधाहरूका विजेताहरू:
१. सर्वश्रेष्ठ एनिमेटेड फीचर फिल्म: पिनोच्चियो (Pinocchio)
२. सर्वोत्कृष्ट सहायक अभिनेता:कि हुई क्वान
३. उत्कृष्ट सहअभिनेत्री: जेमी ली कर्टिस
४. उत्कृष्ट वृत्तचित्र फिचर फिल्म: नवल्नी
५. सर्वश्रेष्ठ लाइभ एक्शन शर्ट: एन आयरिश गुडबाय
६. बेस्ट सिनेमोटोग्राफी: अल क्वाइट अन द वेस्टर्न फ्रंट
७. मेकअप र हेयरस्टाइल: द व्हेल
८. पोशाक डिजाइन: ब्ल्याक प्यान्थर
९. सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फीचर फिल्म: अल क्वाइट अन द वेस्टर्न फ्रंट
१०. उत्कृष्ट एनिमेटेड सर्ट फिल्म: द ब्वाय, द मोल, द फक्स एण्ड द हर्स
११. उत्कृष्ट मौलिक स्कोर: भोल्कर बर्टेलम्यान
१२. उत्कृष्ट मौलिक स्क्रिनप्ले: एवरीथिंग एवरीवन अल एट वन्स
१३. उत्कृष्ट अभिनेता: ब्रेन्डन फ्रेजर, द व्हेल
१४. सर्वश्रेष्ठ अभिनेत्री: मिशेल योह
१५. उत्कृष्ट पिक्चर : एवरीथिंग एवरीवन अल एट वन्स

यी विधामा पनि अवार्ड पाए
अवतार २ ले अन्य ओस्कर विधामा उत्कृष्ट भिजुअल इफेक्टको अवार्ड जितेको छ । सारा पोलीले बेस्ट एडाप्टेड स्क्रिनप्ले, टप गन: माभेरिकका लागि बेस्ट साउन्ड र पल रोजर्सका लागि बेस्ट फिल्म एडिटिङ अवार्ड जितेका छन् ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img