spot_img
Saturday, September 21, 2024
68.9 F
Washington DC.
spot_img

टर्यो दुर्घटना: नेपाल एयरलाइन्स र एयर इन्डियाका विमानहरू आकासमा ठोक्किनबाट जोगिए

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आकासमा उडेका नेपाल एयरलाइन्स र एयर इन्डियाका विमानहरू अचानक आपसमा नजिक आएपछि विमानको चेतावनी प्रणालीका कारण ठोक्किएर दुर्घटना हुन बाट जोगिएका छन्। यस घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरलाई अर्को आदेश नभएसम्म पदबाट हटाइएको छ । नेपाल नागरिक उड्डयन विभागले यस्तो कारबाही गरेको जनाएको हो । गत मार्च २४ मा नेपाल एयरलाइन्स र एयर इन्डियाको बिमान आकासमा झन्डै ठोक्किएको थियो । विमानको चेतावनी प्रणालीका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको थियो ।

घटना यस्तो थियो
गत शुक्रबार नेपाल एयरलाइन्स र एयर इन्डियाको विमान आकाशमा निकै नजिक आएपछि चेतावनी प्रणालीले पाइलटहरूलाई सचेत गराएको थियो। यस चेतावनीबाट पाइलटहरुले समयमै विमानलाई सन्तुलनमा ल्याउन सफल हुदा दुर्घटना हुन बाट जोगिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई ट्राफिक नियन्त्रण विभागका दुई कर्मचारीलाई लापरबाही गरेको आरोपमा निलम्बन गरेको छ । उनीहरुको नाम बताइएको छैन।

यसरी टर्यो दुर्घटना ?
शुक्रबार बिहान मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्सको उडान र नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको एयर इन्डियाको उडान एकदमै नजिक आएको थियो । एयर इन्डियाको विमान १९ हजार फिटबाट एक्कासी तल १५ हजार फिटमा झरेको थियो भने नेपाल एयरलाइन्सको जहाज सोही स्थानमा १५ हजार फिटको उचाइमा उडिरहेको थियो । राडारले दुवै विमान नजिक देखिएपछि नेपाल एयरलाइन्सको विमान ७ हजार फिट तल ओर्लिए पछि ठूलो दुर्घटनाहुन बाट जोगिएको थियो।

छानबिन समिति गठन गठन
घटनाको छानबिन गर्न नागरिक उड्डयन प्राधिकरणले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । घटनाको समयमा कन्ट्रोल रुमको इन्चार्जमा रहेका दुई अधिकारीलाई क्यानले निलम्बन गरेको छ । एयर इन्डियाबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img