Monday, May 19, 2025
76.3 F
Washington DC.

उत्तरी मेक्सिकोको आप्रवासी केन्द्रमा आगलागी हुँदा कम्तीमा ३९ जनाको मृत्यु , ३० जना घाइते

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकाको सीमा नजिकै उत्तरी मेक्सिकोको एक आप्रवासी केन्द्रमा आगलागी भएको छ । घटना सोमबार राति टेक्सासको एल पासोबाट पर्ने सिउडाड जुआरेजको अध्यागमन केन्द्रमा भएको बताइएको छ। रिपोर्टका अनुसार यस घटनामा करिब ३९ आप्रवासीको मृत्यु भएको छ भने ३० जना घाइते भएको बताइएको छ । यो संख्या अझै बढ्न सक्ने अधिकारीहरुले संचार माध्यमलाई बताएका छन्  ।

अमेरिका जाने आप्रवासीहरूका लागि सिउडाड जुआरेज प्रमुख क्रसिङ प्वाइन्ट हो। यहाँ स्थित केन्द्रहरूले अमेरिकामा शरण लिन खोज्नेहरूलाई निर्णय नहुन्जेल राख्ने गर्दछन। आगलागीको घटना भएको केन्द्रमा यस्तै आप्रबासीहरु थिए ।

अखबार डायरियो डे जुआरेजले चिहुआहुआ राज्य अभियोजकको कार्यालयका अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै एम्बुलेन्सहरू, फायर फाइटरहरू र भ्यानहरू घटनास्थलमा पुगेको बताएको छ । राहत र उद्धार कार्य जारी छ।संचार माध्यमका अनुसार घाइतेहरूलाई चार अस्पतालमा भर्ना गरिएको छ। केही संचार माध्यमहरुले  मेक्सिकोको महान्यायाधिवक्ताको कार्यालयले अनुसन्धान सुरु गरेको र अधिकारीहरु घटनास्थलमा रहेको पनि बताएका छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको...

अन्य समाचार

- Advertisement -spot_img