Friday, March 6, 2026
53.4 F
Washington DC.

उत्तरी मेक्सिकोको आप्रवासी केन्द्रमा आगलागी हुँदा कम्तीमा ३९ जनाको मृत्यु , ३० जना घाइते

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकाको सीमा नजिकै उत्तरी मेक्सिकोको एक आप्रवासी केन्द्रमा आगलागी भएको छ । घटना सोमबार राति टेक्सासको एल पासोबाट पर्ने सिउडाड जुआरेजको अध्यागमन केन्द्रमा भएको बताइएको छ। रिपोर्टका अनुसार यस घटनामा करिब ३९ आप्रवासीको मृत्यु भएको छ भने ३० जना घाइते भएको बताइएको छ । यो संख्या अझै बढ्न सक्ने अधिकारीहरुले संचार माध्यमलाई बताएका छन्  ।

अमेरिका जाने आप्रवासीहरूका लागि सिउडाड जुआरेज प्रमुख क्रसिङ प्वाइन्ट हो। यहाँ स्थित केन्द्रहरूले अमेरिकामा शरण लिन खोज्नेहरूलाई निर्णय नहुन्जेल राख्ने गर्दछन। आगलागीको घटना भएको केन्द्रमा यस्तै आप्रबासीहरु थिए ।

अखबार डायरियो डे जुआरेजले चिहुआहुआ राज्य अभियोजकको कार्यालयका अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै एम्बुलेन्सहरू, फायर फाइटरहरू र भ्यानहरू घटनास्थलमा पुगेको बताएको छ । राहत र उद्धार कार्य जारी छ।संचार माध्यमका अनुसार घाइतेहरूलाई चार अस्पतालमा भर्ना गरिएको छ। केही संचार माध्यमहरुले  मेक्सिकोको महान्यायाधिवक्ताको कार्यालयले अनुसन्धान सुरु गरेको र अधिकारीहरु घटनास्थलमा रहेको पनि बताएका छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img