spot_img
Friday, September 20, 2024
82.2 F
Washington DC.
spot_img

अफगानिस्तान: के तालिबानको सर्वोच्च नेतृत्वमा विभाजन हुदैछ ?

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अफगानिस्तानमा सासन गर्ने इस्लामिक सङ्गठन तालिवानको सर्वोच्च नेतृत्व विभाजनको संघारमा पुगेको खबर बाहिरिएको छ । तालिबानले आफ्नो सर्वोच्च नेतृत्वमा विभाजन भएको भनेर अहिलेसम्म सार्वजनिक गरेको छैन, तर पनि तालिवान भित्र सल्किएको आगोले दूरगामी प्रभाव पार्ने विश्लेषकहरुको भनाई बाहिर आएको छ ।

गत महिना, आन्तरिक मन्त्री सिराजुद्दीन हक्कानीले खोश्तको एक सेमिनरीमा एक कार्यक्रमलाई सम्बोधन गर्दै तालिबान सरकारको कामप्रति असन्तुष्टि व्यक्त गरेका थिए। उनले सत्तामा एकाधिकार भइरहेको र सरकारको प्रतिष्ठामा चोट पुर्‍याइएको जुन तालिवानको हितमा नभएको बताएका थिए । सिराजुद्दीनले पूर्व रेकर्डेड भाषण मार्फत कार्यक्रमलाई सम्बोधन गरेका थिए । यो भाषण इन्टरनेटमा भाइरल भएको थियो ।

हक्कानीले कसैको नाम नलिए ता पनि उनले ईशारा तालिबानका सर्वोच्च नेता मुल्ला हैबतुल्लाह अखुन्दजादा रहेको अनुमान गरिएको छ। अखुन्दजादा र हक्कानीबीचको मतभेद गहिरो भएको बुझिन्छ। तालिबान सरकारको नीतिमाथि प्रश्न उठाउने उनी यस संगठनको एक मात्र नेता होइनन्। धेरै अन्य नेताहरूले पनि नीतिहरूमाथि प्रश्न उठाएका छन्, जसले अफगान जनताको एक भागलाई तालिबानबाट अलग पारेको छ, जबकि तालिबानहरू अन्तर्राष्ट्रिय रूपमा एक्लो भइरहेका छन्।

कार्यवाहक रक्षामन्त्री मुल्लाह याकुबले फेब्रुअरीको मध्यमा तालिबानले अहंकार देखाउनु नहुने बताएका थिए। जनताका जायज मागलाई स्वीकार गर्ने प्रयास गर्नुपर्छ भनेका थिए । याकुब तालिबानका संस्थापक मुल्ला उमरका छोरा हुन्।

वेबसाइट निक्कईएशिया.कम ले तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदसँग तालिवानको विभाजनका बारेमा कुरा गर्न आग्रह गर्दा मुजाहिदले यो अनुमानलाई खण्डन गर्दै उनले भने- ‘हालका मन्त्रीहरूले दिएको सार्वजनिक भाषणमा सरकारको आलोचना गरेका छैनन् । उनीहरुले सरकारलाई केही सुझाव दिएका हुन् । सबै मन्त्री जनताको हित मात्र चाहन्छन् ।”

तालिबान नेता मुल्ला हैबतुल्लाह अखुन्दजादा । © रोयटर्स

तर तालिबानले जे सुकै तर्क दिए पनि संगठन भित्र निरन्तर झगडा र बिबाद भइरहेको विदेशी पर्यवेक्षकहरूको विश्लेषण छ। अमेरिकी थिंक ट्याङ्क साउथ एसिया इन्स्टिच्युटका निर्देशक माइकल कुगेलम्यानका अनुसार तालिबानले आफ्ना मतभेदलाई आन्तरिक रूपमा सुल्झाउने कला सिकेका छन् । त्यसैले विवादको कुरा बाहिर आउँदैन । उनले भनेका छन् –त्यसैले खुला विद्रोहको सम्भावना छैन, तर हक्कानीको सार्वजनिक भनाईलाई विवाद बढाउने प्रयासको हिस्सा मानिनेछ । कुगेलम्यानले भने- ‘पहिले वरिष्ठ नेतृत्वले असहमतिलाई दबाउँथे र असहमत भएकाहरूसँग हिंसा हुन्थ्यो। तर अहिले अवस्था फेरिएको छ । त्यसैले पनि सर्वोच्च नेताका आलोचकहरू सरकारमा छन् ।

धेरै पर्यवेक्षकहरूले हालैका कथनहरूलाई तालिबान भित्र आफ्नो तरिका परिवर्तन गर्न आवश्यक महसुस भइरहेको संकेतको रूपमा लिएका छन्। अखुन्दजादाको कट्टरपन्थी मनोवृत्तिले तालिबानको अन्तर्राष्ट्रिय छविलाई धमिलो पारेको तालिवानको एउटा गुटले महसुस गरिरहेको छ। विशेषगरी विद्यालयमा बालिकाको शिक्षा बन्द गरेकोमा अफगानिस्तानको अन्तर्राष्ट्रिय स्तरमा कडा आलोचना भइरहेको छ । अहिले तालिबानका केही नेताहरूले यस्तो कदमप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img