spot_img
Thursday, September 19, 2024
79.4 F
Washington DC.
spot_img

तीन किशोरको हत्या गरेको अभियोगमा भारतीय मूलका व्यक्ति दोषी ठहर

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकाको क्यालिफोर्निया राज्यमा तीन किशोरको हत्या गरेको अभियोगमा भारतीय मूलका अनुराग चन्द्रलाई दोषी ठहर गरिएको छ । रिभरसाइड काउन्टीका निवासी अनुराग चन्द्रले आफ्नो घरको डोरबेल बजाएर जिस्य्काउने तीन शरारती किशोरको हत्या गरेका थिए । उनलाई शुक्रबार ज्यान मार्ने उद्योग र ज्यान मार्ने उद्योगमा दोषी ठहर गरिएको थियो ।

आरोपी अनुराग चन्द्रले शुक्रबार हत्याको प्रयास र हत्याको तीनवटा मुद्दामा दोषी स्वीकार गरेको न्यूयोर्क पोस्टले रिपोर्ट गरेको छ। समाचारमा भनिएको छ कि घटना जनवरी १९ , २०२० मा भएको थियो, जब किशोरहरूको एक समूहले ठट्टा (प्राङ्क) गर्दै चन्द्रको घरको घण्टी बजाएका थिए।

उक्त दिन तीन जना १६ वर्षीय किशोरहरूले रिभरसाइड काउन्टी निवासी चन्द्रको ढोकाको घण्टी बजाएका थिए र भाग्ने क्रममा दुर्घटनामा परी तीनै जनाको मृत्यु भएको थियो।

चन्द्रले त्यस दिन १२ बोतल बियर पिएको र आफु धेरै मातेको बताएका थिए । उनी ती केटाहरुको प्राङ्कबाट आफ्नो परिवारको सुरक्षाको बारेमा चिन्तित थिए। उनले प्राङ्क गरी दुख दिने ती केटाहरूलाई पछ्याए र उनीहरूले चलाएको टोयोटा कारलाई सडकमा ठक्कर दिएका थिए । त्यसपछि तीन केटाहरु सवार कार रुखमा ठोक्किएको थियो ।

चन्द्राले कारलाई ठक्कर दिए पछि आफ्नो गाडी नरोकेको कारण कसैलाई चोटपटक लागेको हो भन्ने नसोचेको बताएका थिए।

प्रतिवेदनमा चालक १८ वर्षका थिए र उनीसँगै १३ वर्षका दुई बालबालिका पनि थिए। सन् २०२० मा भएको घरेलु हिंसाको घटनामा चन्द्रालाई यसअघि नै आरोप लागेको थियो ।

रिभरसाइड काउन्टी जिल्ला अधिवक्ता माइक हेस्ट्रिनले एउटा इमेलमा भनेका छन् कि यी युवाहरूको हत्या हाम्रो समुदायको लागि भयानक त्रासदी थियो। म जूरीलाई उनीहरूको निर्णयको लागि धन्यवाद दिन्छु। तर, चन्द्राका वकिल डेभिड वोहलले यो निर्णयलाई दुर्भाग्यपूर्ण भनेका छन् ।

चन्द्राका वकिलले यस विषयमा धेरै जानकारी नदिए पनि फैसलालाई चुनौती दिने भनेका छन् । डेपुटी जिल्ला न्यायधिवक्ता केभिन बिचमले यस फैसलाले पीडितहरूलाई न्याय प्रदान गरेको बताएका छन्। साथै उनले पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img