Friday, March 6, 2026
62.1 F
Washington DC.

काठमान्डौ र विराटनगरमा जनता नमूनाका शिक्षक तथा शिक्षिका एकैपटक सम्मानित

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

जनता नमूना माध्यमिक विद्यालय, शंकरपुर, विराटनगरमा अध्ययन गरेर २०३७ सालमा एसएलसी दिएका विद्यार्थीहरुले आफूलाई विद्यालयमा अध्यापन गराउने शिक्षकहरूलाई एक कार्यक्रमको आयोजना गरी विराटनगर र काठमाडौंमा एकैदिन सम्मान गरेका छन्।

आफ्नो जीवनमा उच्च आदर्श बोकेर सबैको भलो चिताउने शिक्षक तथा शिक्षिकालाई आजको समाजले त्यति धेरै प्राथमिकता नदिएको अवस्थामा यस्तो सम्मान कार्यक्रमले धेरै महत्व राख्ने आयोजकले बताएका छन।

उक्त सम्मान कार्यक्रममा दिवंगत शिक्षक तथा शिक्षिकाको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेटको मौनधारणबाट सम्मान कार्यक्रम हुँदै सम्मानितहरूबाट अनुभव तथा मन्तव्य राख्ने कार्यक्रम सम्पन्न भएको थियो।

सो अवसरमा टेककुमारी कोइराला, विणा जोशी, उर्मिला श्रेष्ठ, यशोदा पौडेल, शान्ता अधिकारी, बिक्रमसिंह थापा, नारायणप्रसाद भगत, प्रकाशकुमार चापागाईं, श्यामनन्दन शर्मा, शिवसंकर श्रेष्ठ, लक्ष्मीकान्त नन्दी, नारायणप्रसाद आचार्य, कृष्णबहादुर बस्नेतलाई सम्मान गरिएको थियो।

कार्यक्रममा पूर्व विध्याथी तथा समाजसेवी युवराज निरौला, पूर्व विध्याथी, मेयर तथा बर्तमान सांसद भिम पराजुली, पूर्व विध्याथी, नेपाल सरकारका पूर्व सचिव विमल कोईराला, पूर्व विध्याथी तथा राजनितिज्ञ प्रदिप पोखरेल तथा पूर्व विध्याथी तथा कानूनविद मन दाहालले आफ्नो मन्तव्य राख्नु भएको थियो।

यसैगरी, पूर्व विध्याथी प्रकाश पोखरेलद्वारा लिखित पुस्तकहरू “जेष्ठ नागरिकको सवाल र व्यवस्थापन” र “क्षमता विकासका अवयवहरू” समारोहमा वितरण गरिएको थियो।

कार्यक्रमलाई विराटनगरमा दिनेशराज सुवेदी र काठमान्डौमा मुरारी कोइरालाले संचालन गरेका थिए। यसैगरी, लेखराज आचार्य र मधुसुदन भट्टराईले सहभागी तथा अतिथीहरूलाई स्वागत गरेका थिए।

 

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img