spot_img
Sunday, September 29, 2024
68.6 F
Washington DC.
spot_img

दोहोरो घुँडा टेकेर सगरमाथाको सफल आरोहण गर्दै हरि बुढा मगरले इतिहास रचे

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

एउटा भनाई खुबै प्रचलित छ – “यदि कसैले मर्न डराउदिन भन्छ भने कि त उसले झुट बोलेको छ वा उ गोर्खा सैनिक हो “। हो , ब्रिटिस आर्मीका एक पूर्व गोर्खा सैनिकले यो कुरा सत्य साबित गरेका छन् ।

शुक्रबार , मे १९ का दिन दिउँसो ३ बजे हरि बुढा मगरले विश्वको सबैभन्दा अग्लो हिमालको चुचुरोमा पहिलो पटक दोहोरो घुँडा टेकेर सगरमाथाको सफल आरोहण गरेका छन् ।यी सिपाहीले अफगानिस्तान युद्धमा आफ्ना दुवै खुट्टा गुमाए पनि विश्वको सर्वोच्च शिखर सगरमाथालाई जितेका छन् । सन् २०१० मा हरि बुद्ध मगरले अफगानिस्तानमा बारुदी सुरंगको ठक्करबाट आफ्ना दुवै खुट्टा गुमाएका थिए।

अफगानिस्तानमा हरिले आफ्नो दुवै खुट्टा गुमाएको तेह्र वर्षपछि हरिले ८,८४९ मिटरको चुचुरोमा पुग्न अपाङ्गताले कुनै बाधा गर्न नसक्ने प्रमाणित गरेका छन् ।

हरिको आरोहण अभियान प्रमुखको नेतृत्वमा नेपाली आरोहीहरुको विश्वस्तरीय टोलीले सम्भव भएको बताएका छन।

यस बाहेक सन् २००६ मा न्युजिल्याण्डका मार्क इन्ग्लिस र २०१८ मा चीनका जिया बोयुले फलामको खुट्टाले सगरमाथाको सफल आरोहण गरेका थिए ।

अहिले हरि बुढा मगरको यस उपलब्धीका बारेमा विश्वभर चर्चा भइरहेको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेपछि उनी सकुशल आफ्नो आधार शिविरमा फर्किएका थिए । ४३ वर्षीय हरि बुढा मगर सन् २०१० मा अफगानिस्तानमा गस्तीका क्रममा दुर्घटनावश बारुदी सुरंगमा परेका थिए । जसका कारण उनले दुवै खुट्टा गुमाउनु परेको थियो । उनी गोर्खा सैनिकसँग अफगानिस्तानमा ड्युटीमा रहेका बेला उक्त दुर्घटना भएको थियो ।

उक्त दुर्घटनापछि हरिको होश आएपछि उनले आफू मरेको ठानेका थिए । तीन छोराछोरीका बाबु हरिको उचित उपचारपछि स्कीइङ, गल्फ, साइकल र क्लाइम्बिङमा लागेपछि उनको आत्मविश्वास फर्कियो । उनले ११ दिनअघि कृष थापाको नेतृत्वमा रहेको नेपाली आरोही टोलीसँग सगरमाथा आरोहण गर्न आफ्नो तयारी सुरु गरेका थिए । कृष थापा आफै पनि पूर्व गोर्खा सैनिक र एसएएस माउन्टेन ट्रुप लिडर थिए।

हरि बुढा मगरको प्रोस्थेटिक खुट्टा बेलायतमा जडान गरिएको थियो । तिनले यी खुट्टाहरूका साथ आइल अफ वाइटको वरिपरि कयाकिङदेखि मोरक्कोको माउन्ट टुबकल र स्कटल्याण्डको बेन नेभिस र युरोपको मोन्ट ब्लाङ्क लगायतका धेरै चुचुराहरू आरोहण गरि सकेका छन् ।

उनको सपना सगरमाथा आरोहण गर्ने थियो, तर अंगविहीन वा दृष्टिविहीन व्यक्तिहरूलाई हिमाल आरोहणमा प्रतिबन्ध लगाउने नेपालको कानूनले उनको बाटो अवरुद्ध गरेको थियो। सन् २०१८ मा नेपालको सर्वोच्च अदालतले त्यो कानून खारेज गर्दै अंगविहीन वा दृष्टिविहीनहरूलाई सगरमाथा चढ्ने बाटो खोले पछि हरिको सगरमाथा आरोहण गर्ने सपना पुरा भएको थियो।

हरिको यस अभियानलाई सफल पार्न ३० भन्दा बढी संघ सस्थाहरुले सहयोग गरेका थिए।

“जीवन अनिश्चित छ , केहि पनि असम्भव छैन,” सगरमाथाको चुचुरो चुमे पछि हरिले खुशी हुदै प्रतिक्रिया दिएका थिए।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सर्वोच्च अदालतद्वारा सिधा कुरा डटकमका कँडेल र ढुंगानालाई ३-३ महिना र तिमिल्सिनालाई ६ महिना कैद सजायको फैसला

मुख्य बुँदाहरू: १. सर्वोच्च अदालतले सिधा कुरा डटकम का राजकुमार तिमिल्सिनालाई ६ महिना, प्रकाशक युवराज कँडेल र सम्पादक नवीन...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img