spot_img
Sunday, September 29, 2024
69.1 F
Washington DC.
spot_img

‘क्रान्तिकारी कमरेड’, आखिर सनातन धर्मका नाममा किन वितृष्णा फ़ैलाइयो र निर्दोष मान्छेहरु मारियो ?

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) यतिबेला भारतको औपचारीक भ्रमण छन्। उनले आफ्नो भ्रमणका दौरान भारत स्थित बिभिन्न मठ मन्दिर मा दर्शन गर्दाका तस्बिरहरु इन्टरनेटमा भाइरल भएका छन्। उनका तस्बिरहरु लोकप्रियताका कारणले भाइरल भएको नभई उनी र उनको दल माओबादीले सन्चालन गरेको ससस्त्र जनआन्दोलन ताका अङ्गालेको धार्मिक बिचार यतिबेला ठिक उल्टो भएकाले उनको आलोचना गर्दै भाइरल भएको हो ।

यसै प्रसङ्गमा, माओबादी ससस्त्र जनआन्दोलनका सह कमाण्डर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई ‘लालध्वज’ले आफ्ना तत्कालिन कमाण्डर, बर्तमान माओबादी केन्द्रका अध्यक्ष तथा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले भारत भ्रमणका दौरान गेरुबस्त्र सहित मठ मन्दिरमा पूजा पाठ तथा दर्शन गरेको तस्बिर क्यापस्न नराखी आफ्नो ट्विटरमा सेयर गरेका छन्।

बाबुराम भट्टराई ‘लालध्वज’ को उक्त पोष्टमा उनको समेत आलोचना भएको छ। एक प्रयोगकर्ताले लेखेका छन् ‘ तिमी नि कम छैनौ भारुकाका’

एक ट्युइटर प्रयोगकर्ताले आलोचना गर्दै लेखेका छन् – “प्रचण्ड यस्तो ढोंगी बन्ने रहेछन, हिजो किन मन्दिर भत्काउदै चर्च बनाए? किन लोकप्रिय पण्डित नारायण पोख्रेलको हत्या गराए? किन संस्कृत पढाउने मुक्तिनाथ अधिकारीको हत्या गराए? कुन सिद्धान्तका लागि १७ हजारको हत्या गरे ? हाम्लाइ जवाफ देओ” ।

अर्का ट्युइटर प्रयोगकर्ताले आलोचना गर्दै लेख्छन ” मन्दिर भत्कायौ,सुनका गजुर लुट्यौ,नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनायौ,१७ हजार निर्दोष मान्छे मार्‍यौ अहिले गेरु वस्त्रमा त्यहीँ मन्दिरमा गएर पुजा गर्छौ वाह!!अब त पाप पखालियो होला हैन” ?

प्रचण्डको यस नया अवतारको सर्वत्र चर्चा चुलिएको छ। सबैले प्रश्न गरेका छन् – ‘आखिर सनातन धर्मका नाममा किन वितृष्णा फ़ैलाइयो र निर्दोष मान्छेहरु मारियो?’

वाचन शिरोमणि नारायणप्रसाद पोखरेललाई ०६२ वैशाख २३ गते रुपन्देही जिल्लाको दुधराक्ष गाविस-५ मा क्याम्पस निर्माणको लागि सप्ताह यज्ञ गरिरहेको अवस्थामा गोलीहानी हत्या गरिएको थियो। हत्याको जिम्मा प्रचण्ड र बाबुरामले नेतृत्व गरेको तत्कालिन नेकपा(माओवादी)ले लिएको थियो।

उनलाई किन मारियो भन्ने कुरामा विभिन्न तर्कहरु प्रस्तुत गरिन्छन्। कोहिले उनको हत्या क्रिश्चियन मिशिनरीहरुले गरेको ठोक्कुवा गर्छन। इतिहासका एक अध्ययता यस बारे दुई ओटा तर्क अघि सार्छन्। उनि त्यतिबेला विश्व हिन्दु महासंघ नेपालका राष्ट्रिय अध्यक्ष पदमा थिए। अर्काथरी भन्छन देशबाट हिन्दुत्व हटाउने डिजाइन अनुरुप तत्कालिन विश्व हिन्दु महासंघ नेपालका राष्ट्रिय अध्यक्षलाई निर्मम रुपबाट हत्या गरियो।

यसै सेरोफेरोमा माघ २१ २०७६ मा नेपालदीप नामक अनलाइन मिडियाले ‘नारायण पोख्रेल हत्या याेजना प्रचण्ड/ बाबुरामको या क्रिश्चियन मिसिनरीकाे ?’ शिर्षकमा एक सामाग्री प्रकाशन गरेको थियो। पाठक बर्गको जानकारीका लागि हामीले उक्त लेख निम्न अनुसार साभार गरेका छौ।

वाचन शिरोमणी नारायण पोख्रेल पुत्र दिनबन्धु पोखरेलले केहि बर्ष अगाडी प्रश्न गरेका थिए,”‘क्रान्तिकारी कमरेड’…हत्यामा संलग्नमाथि कारबाही वा उनीहरुले दुःख पाउन भन्ने मनसाय मेरो छैन । तर मेरो बुबाको हत्या के कारणले गरिएको थियो, त्यसको चित्तबुझ्दो जवाफ हामीलाई चाहिन्छ ।”

स्वाभाविक थियो, जो व्यक्तीले धार्मिक मण्डपमा बसेर नेताले गर्नुपर्ने कर्म गर्यो उसलाई नै सुलिको उपहार दिईयो। कारण खुलाउने त टाढाको कुरा भयो। अझ आफ्नै बालसखा सह कमाण्डर भएको पार्टीबाट। साथी अर्थात् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई ‘लालध्वज’ले सुरुवात गरेको जनयुद्धका क्रममा वाचन शिरोमणी नारायण पोख्रेललाई मण्डपमै हत्या गराइयो।

आफ्नो जीवनको ११३६ औं भागवत कथा वाचन गर्ने क्रममा गोर्खा जिल्ला वगुवा गाविस-७ स्थायी घर भएका ५१ बर्षीय वाचन शिरोमणि नारायणप्रसाद पोखरेललाई ०६२ वैशाख २३ गते रुपन्देही जिल्लाको दुधराक्ष गाविस-५ मा क्याम्पस निर्माणको लागि सप्ताह यज्ञ गरिरहेको अवस्थामा गोलीहानी हत्या गरिएको थियो। हत्याको जिम्मा प्रचण्ड र बाबुरामले नेतृत्व गरेको तत्कालिन नेकपा(माओवादी) ले लिएको थियो। हरेक नेपालीका आँखाबाट आसु झार्ने त्यो विभत्स घटना पछि पाल्पा हुदै बग्ने कालीगण्डकीमा धेरै पानी बगिसक्यो। तर पोखरेल पुत्र दीनबन्धुले भने जस्तै हत्याको चित्त बुझ्दो कारण आज सम्म दिईएको छैन।

छुवाछूतको अन्त्य गर्नुपर्छ। छुवाछुत हिन्दुत्वको आडमा मौलाएको कुरिति भएको कुरा पटक-पटक कथावाचनको क्रममा पोखरेलले भन्ने गर्थे। सामाजिक-धार्मिक अगुवाले आफ्नै जीवनमा अंगिकार गरेर मात्र बोल्नुपर्छ भन्ने उनको मान्यता थियो, त्यसैले सार्वजनिक स्थलमा नै दलितलाई भान्से बनाएर आफूले भोजन ग्रहण गरे। र, सन्देश दिए जातको आधारमा भेदभाव गर्नु शास्त्र सम्मत हैन। तर विडम्बना जसले दलित मुक्तीको लागि हिन्दु समुदाय भित्र व्यावहारिक क्रान्ति थाल्यो उसैलाई माओबादीको भ्रातृ संगठन दलित मुक्ति मोर्चाले गोलीको उपहार दियो।
(यो सामाग्री नेपालदीपबाट साभार गरिएको हो )

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सर्वोच्च अदालतद्वारा सिधा कुरा डटकमका कँडेल र ढुंगानालाई ३-३ महिना र तिमिल्सिनालाई ६ महिना कैद सजायको फैसला

मुख्य बुँदाहरू: १. सर्वोच्च अदालतले सिधा कुरा डटकम का राजकुमार तिमिल्सिनालाई ६ महिना, प्रकाशक युवराज कँडेल र सम्पादक नवीन...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img