spot_img
Sunday, September 29, 2024
69.1 F
Washington DC.
spot_img

भारतमा सयौंको ज्यान लिने रेल दुर्घटनाको जिम्मेवार व्यक्तिहरू पहिचान- रेलमन्त्री

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

ओडिशाको बालासोरमा जुन २ मा भएको रेल दुर्घटनाको डरलाग्दो तस्बिरले मानिसहरूलाई अझै डराएको छ। यसैबीच, रेलवे बोर्डले पत्रकार सम्मेलन गरेको छ । ओडिशाका मुख्य सचिव प्रदीप जेनाले दुर्घटनामा २८८ नभई २७५ जनाको मृत्यु भएको बताएका छन् । शुरुमा केही शवहरू दुई पटक गणना गरिएको कारण मृत्यु हुनेको संख्या २८८ बताईएको थियो। दुर्घटनामा ११ सयभन्दा बढी घाइते भएका छन् ।

रेलमन्त्री अश्विनी वैष्णवले ‘इलेक्ट्रोनिक इन्टरलकिङ’ मा गरिएको परिवर्तनले दुर्घटना निम्त्याएको पहिचान गरिएको बताए । ‘पोइन्ट मेसिन’को सेटिङ् परिवर्तन गरिएको उनले बताए । यो कसरी र किन गरियो भन्ने कुरा अनुसन्धान प्रतिवेदनमा खुल्नेछ । रेलमन्त्रीले भने, “यो डरलाग्दो घटनाको कारण पत्ता लागेको छ… म यसबारे विस्तृतमा कुरा गर्न चाहन्न।” “रिपोर्ट आउन दिनुस् । म यति मात्र भन्न चाहन्छु कि यसको वास्तविक कारण र जिम्मेवार व्यक्तिहरू पहिचान गरिएको छ।”

रेल दुर्घटनालाई लिएर केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवले उद्धारको काम सकिएको र पुनःनिर्माणको काम भइरहेको बताएका छन् । रेल मन्त्रीले दुर्घटनाको सीबीआई छानबिन गर्न सिफारिस गरिने बताएका छन् ।

बालासोरमा शुक्रबार साँझ भएको रेल दुर्घटनामा कम्तीमा २७५ जनाको मृत्यु भएको छ भने घाइतेको संख्या ११७५ पुगेको छ । यो भारतमा विगत तीन दशकमा भएको सबैभन्दा ठुलो रेल दुर्घटना हो। दुर्घटनामा बेंगलुरु-हावडा सुपरफास्ट एक्सप्रेस र शालिमार-चेन्नई सेन्ट्रल कोरोमण्डल एक्सप्रेस सामेल भएको थियो।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सर्वोच्च अदालतद्वारा सिधा कुरा डटकमका कँडेल र ढुंगानालाई ३-३ महिना र तिमिल्सिनालाई ६ महिना कैद सजायको फैसला

मुख्य बुँदाहरू: १. सर्वोच्च अदालतले सिधा कुरा डटकम का राजकुमार तिमिल्सिनालाई ६ महिना, प्रकाशक युवराज कँडेल र सम्पादक नवीन...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img