Friday, March 6, 2026
53.4 F
Washington DC.

अमेरिका: डेनभरमा भएको सामूहिक गोलीकाण्डमा १० जना घाइते

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकाको डेनभरमा मंगलबार सामूहिक गोली प्रहारको घटना भएको छ । डेनभरमा भएको सामूहिक गोलीकाण्डमा १०  जना घाइते भएको र ९ जनाको पहिचान भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बास्केटबलका फ्यानहरू डेनभर नगेट्सको पहिलो एनबीए उपाधि जितको उत्सव मनाइरहेका थिए। यसै क्रममा सामूहिक गोली प्रहारको घटना भएको थियो । शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

डेनभर प्रहरी विभागले जारी गरेको एक विज्ञप्ति अनुसार गोलीबारी लगभग १२ : ३०  बजे भएको थियो। घाइतेमध्ये ३  जनाको अवस्था गम्भीर छ । पुलिसका अनुसार गोलीबारी बल एरिनाबाट करिब एक माइलको दूरीमा भएको थियो, जहाँ डेनभर नगेट्सले सोमबार राती मियामी हीटलाई हराएर आफ्नो पहिलो एनबीए उपाधि जितेको थियो।

प्रहरी प्रवक्ता डग सेपम्यानले गोली चलाउनुको कारण पत्ता नलागेकोले बताएका छन् । हाल प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

प्रहरी प्रवक्ताका अनुसार गोली चलेको समयमा उक्त क्षेत्रमा मानिसहरुको भीड थियो । खेलपछि मनाउन धेरै मानिस जम्मा भएको क्षेत्रमा गोली हानाहान भएको सेपम्यानले बताए । प्रहरीले प्रत्यक्षदर्शीसँग सोधपुछ गरिरहेको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img