Wednesday, April 9, 2025
52.2 F
Washington DC.

चार दलद्वारा समाजवादी मोर्चा घोषणा

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सत्ता हाँकिरहेको नेकपा माओवादीसहित चार पार्टीले समाजवादी मोर्चा घोषणा गरेका छन् । सोमबार राष्ट्रिय सभा गृहमा भएको घोषणा सभामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चा घोषणा भएको हो ।

घोषणा सभामा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले समाजवादी मोर्चा नेपालको सहमतिपत्रमा संयुक्त हस्ताक्षर गरेका छन् ।

मोर्चा घोषणा कार्यक्रममा सहमतिपत्र वाचन गर्दै नेता राजेन्द्र श्रेष्ठले यसमा चार दलले आलोपालो नेतृत्व गर्ने बताउनुभयो ।

मोर्चा प्रदेश र स्थानीय तहसम्म विस्तार गर्ने घोषणासमेत गरिएको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

७५ भन्दा बढी देशका लागि अमेरिकी ट्यारिफ ९० दिनका लागि स्थगन, चीनमाथि १२५% ट्यारिफ लगाइयो, वाल स्ट्रिट उकालो लाग्यो

वाशिङ्टन डी.सी. –राष्ट्रपति डोनाल्ड ट्रम्पले ७५ भन्दा बढी देशहरूमाथि लागिरहेको आयात ट्यारिफलाई ९० दिनका लागि स्थगित गर्ने घोषणा गरेका...

अन्य समाचार

- Advertisement -spot_img