spot_img
Wednesday, September 25, 2024
71.2 F
Washington DC.
spot_img

अमेरिकाको मिसौरी राज्यको कन्सास सिटीमा भएको २ वटा गोलीकाण्डमा ३ जनाको मृत्यु, अन्य धेरै घाइते

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकाको मिसौरी राज्यको कन्सास सिटीमा आइतबार बिहान भएको गोलीकाण्डमा कम्तिमा तीन जनाको मृत्यु भएको र धेरैलाई अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय समय अनुसार बिहान ४ : ३० बजे ५७ औं स्ट्रिट र प्रोस्पेक्ट एभिन्यूमा भएको गोलीबारीको जानकारी दिदै पार्किङमा र चौबाटो नजिकैको सडकमा तीन जनालाई मृत फेला पारेको कन्सास सिटी पुलिस विभागले संचार माध्यमलाई बताएको छ।

मृतक ३ जनामा , २ वयस्क पुरुष र १ वयस्क महिला भएको र उनीहरु घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी अधिकारीहरूका अनुसार पाँच जना पीडितहरूलाई निजी सवारीसाधन वा एम्बुलेन्सहरूद्वारा उपचारका लागी विभिन्न अस्पतालमा लगिएको थियो।

प्रारम्भिक जानकारीले पीडितहरूलाई गोली हानेको बेला चौबाटोमा र पार्किङ स्थलमा मानिसहरूको ठूलो जमघट भएको बुझिएको प्रहरीले बताएको छ ।

यस घटनाका धेरै साक्षीहरू भएको र उनीहरुबाट बहुमूल्य जानकारी प्राप्त हुने र छानविनमा सहयोग पुग्नेमा अधिकारीहरु विश्वस्त रहेको प्रहरीले बताएको छ।

यतिबेला गोलीबारीको अनुसन्धान भइरहेको छ ।

“आज बिहान ५७ र प्रोस्पेक्ट नजिकैको जमघटमा गोलीबारीमा मारिएका तीन व्यक्तिका परिवारहरूप्रति मेरो संवेदना। यदि व्यवसायीलाई थाहा थियो कि जमघटमा व्यक्तिहरू उपस्थित हुनेछन्, सुरक्षा बिना, रक्सी बेच्ने, र हाम्रा कानूनहरूलाई विफल पार्ने, त्यस्तो व्यवसाय बन्द गरिनु पर्छ, “कन्सास सिटी, मिसौरी, मेयर क्विन्टन लुकासले फेसबुकमा एक विज्ञप्ति मार्फत आफ्नो प्रतिक्रिया दिएका छन् ।

आइतबार दोस्रो गोलीकाण्ड- अनुसन्धान जारी
स्थानीय समय अनुसार बिहान ३ बजे केसीपीडीले ३१ औं स्ट्रिट नजिकै अर्को गोलीबारीको जानकारी दिएको छ । घाइतेहरूको सङ्ख्या तुरुन्तै थाहा हुन सकेको छैन, तर केहीको अवस्था गम्भीर छ, स्थानिय के एसएचबि – टिभीले रिपोर्ट गरेको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img