spot_img
Monday, May 20, 2024
64.9 F
Washington DC.
spot_img

बेलारुसमा वाग्नर नेताको स्थानान्तरण पश्चात लिथुआनियाले गुप्तचरलाई बलियो बनाउदै

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

लिथुआनियाली राज्य रक्षा परिषदले बेलारुसको अवस्थाको आकलन गर्न गुप्तचर क्षमताहरू बढाउन सहमत भएको लिथुआनियाका राष्ट्रपति गितानास नौसेदाले आइतवार बताएका छन्। यो निर्णय तनाव कम गर्ने सम्झौताको एक भागको रूपमा वाग्नर भाडा समूहका नेता येभगेनी प्रिगोजिनलाई रुस द्वारा बेलारुसमा स्थानान्तरण गर्ने भर्खरको निर्णय पश्चात आएको हो।

वाग्नरको असफल विद्रोहले भ्लादिमिर पुटिनको लामो समयको शासनकोलागि महत्त्वपूर्ण चुनौतीको रूपमा हेरिएको छ र सन् १९९९ मा पुटिनले सत्ता ग्रहण गरेपछि रूसलाई सबैभन्दा महत्त्वपूर्ण सुरक्षा संकटको सामना गर्नु परेको बताइन्छ ।

राष्ट्रपति नौसेदाको अध्यक्षतामा बसेको राज्य रक्षा परिषद्को बैठकपछि उनले भने, “कालिनिनग्राद क्षेत्रलाई पनि विचार गर्दै, हाम्रो पूर्वी सीमा, साथै बेलारुसको राजनीतिक र सुरक्षा पक्षहरूको मूल्याङ्कन गर्न हामीले अझ बढी गुप्तचर क्षमताहरू छुट्याउनुपर्ने परिषद्ले निर्णय गर्‍यो ।” राष्ट्रपतिले सीमा सुरक्षाका लागि सशस्त्र बलको प्रभावकारी र समयमै सहयोग सुनिश्चित गर्न नयाँ सीमा सुरक्षा योजनाको कार्यान्वयनलाई तीव्रता दिनुपर्नेमा जोड दिएका थिए ।

राष्ट्रपति नौसेडाले यो योजना जुलाई ११-१२ मा भिल्नियसमा हुने आगामी नाटो शिखर सम्मेलन अघि प्रभावकारी हुने आफुले अपेक्षा गरेको बताए।

रूसमा हालैका घटनाक्रमहरूको बावजुद, राष्ट्रपति नौसेदाले भने अनुसार शिखर सम्मेलनको लागि सामान्य सुरक्षा योजनामा कुनै महत्त्वपूर्ण संगठनात्मक परिवर्तनहरू गरिने छैन। जब नाटो र लिथुआनियाले केही घटनाक्रमहरूको प्रतिक्रियामा नियन्त्रण र सुरक्षा क्षमताहरू बलियो बनाउनेछन्, समग्र योजना अपरिवर्तित रहनेछ, उनले भने।

यदि प्रिगोजिन वा वाग्नर समूहका कुनै सदस्य बेलारुसमा आइपुग्ने भए नाटोको पूर्वी सिमानाहरूको सुरक्षालाई थप बृद्धि गर्नुपर्ने आवश्यकतालाई राष्ट्रपति नौसेदाले जोड दिए। उनले भने, “हिजो हामीले देखेका चुनौतिहरू पछि, हामी विभिन्न परिदृश्यहरूको लागि तयार हुनुपर्छ किनभने हामी एउटा शासनसँग व्यवहार गर्दैछौं जसले यसको कमजोरी प्रकट गरिरहेको छ।” यद्यपि राष्ट्रपतिले प्रिगोजिनको बेलारुसमा उपस्थितिको बारेमा कुनै पुष्टि भएको जानकारी नभएको स्पष्ट गरे।

(एजेन्सीको सहयोगमा)

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img