Thursday, April 23, 2026
83.6 F
Washington DC.

चिनियाँ जासूस बेलुनले खुफिया जानकारी संकलन गरेन – पेन्टागन

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले चिनियाँ जासूस बेलुनले खुफिया जानकारी संकलन नगरेको पुष्टि गरेको छ। बिहीबार एक पत्रकार सम्मेलनमा रक्षा मन्त्रालयका प्रवक्ता प्याट राइडरले बताए अनुसार यस वर्षको सुरुमा अलास्काबाट संयुक्त राज्य अमेरिकाभरि जाँदै गरेको चिनियाँ बेलुनले उनीहरूको मूल्याङ्कन अनुसार खुफिया जानकारी संकलन गतिविधिहरूमा संलग्न नभएको बताएका छन् ।

प्रवक्ता राइडरले बेलुनबाट कुनै पनि सम्भावित गुप्तचर सङ्कलनलाई रोक्न उपायहरू लिइएको बताएका छन् । चिनिया बेलूनलाई फेब्रुअरी ४ मा दक्षिण क्यारोलिनाको तटमा अमेरिकी वायुसेनाले रोकेर गोली हानी खसालेको थोयो। उक्त बेलून धेरै दिनसम्म अमेरिकाको मुख्य भूमिमा तैरिएपछि वायुसेनाले खसालेको थियो ।

अमेरिकी अधिकारीहरूले थप अध्ययनकालागी एट्लान्टिक महासागरबाट बरामद भग्नावशेषको सावधानीपूर्वक जाँच गरिरहेको प्रवक्ता राइडरले बताए ।

पत्रकार सम्मेलनको क्रममा राइडरले भने, “तपाईले त्यसबेला सुन्नुभएको थियो र हामीलाई थाहा थियो कि बेलुनमा खुफिया संकलनको क्षमता छ।”

” यसमा अब हामीले मूल्याङ्कन गरेका छौ कि बेलूनले संयुक्त राज्य अमेरिका ट्रान्जिट गर्दा वा संयुक्त राज्य अमेरिका ओभरफ्लाईन गर्दा खुफिया सूचना सङ्कलन गर्न सकेन,” राइडरले थपे ।

विशाल बेलुनले इलेक्ट्रोनिक्सको पर्याप्त पेलोड बोक्ने रिपोर्ट गरिएको थियो, बेइजिङले संवेदनशील सैन्य प्रतिष्ठानहरू माथि उडान गरेर महत्त्वपूर्ण खुफिया प्राप्त गर्ने प्रयास गरिरहेको छ भनेर अमेरिकामा चिन्ता बढाएको थियो। वाल स्ट्रिट जर्नलले हालै अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको थियो कि चिनियाँ बेलुनले फोटो खिच्न विशेष चिनियाँ सेन्सरहरूसहित अमेरिकी प्रविधिको प्रयोग गरेको छ। यद्यपी अमेरिकी अधिकारीहरूले यी रिपोर्टहरूलाई आधिकारिक रूपमा पुष्टि गरेका छैनन्।

चीनले अमेरिकाले लगाएको जासुसीको आरोपलाई निरन्तर अस्वीकार गर्दै आएको छ र बेलुनमा मौसम विज्ञानका उपकरणहरू रहेको दाबी गर्दै आएको छ।

यो घटनाले अमेरिका र चीनबीच तनाव बढाएको छ । घटना पछि, अमेरिकी अधिकारीहरूले भनेका थिए कि बेलुनमा बहुविधीका एन्टेनाहरू थिए, जसमा सम्भावित रूपमा अवरोध गर्न र भू-लोकेशन सञ्चार गर्न सक्ने कन्फिगरेसन समावेश थियो ।

फेब्रुअरीमा, अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले यस घटनाको परिणाम स्वरूप आफ्नो निर्धारित चीन भ्रमण रद्द गरेका थिए । यद्यपि, जुनमा ब्लिन्केनले अन्ततः बेइजिङको यात्रा गरे र दुवै पक्षले आफ्नो तनावपूर्ण सम्बन्धलाई स्थिर बनाउन आफ्नो मनसाय व्यक्त गरेका थिए ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img