spot_img
Thursday, November 21, 2024
46.5 F
Washington DC.
spot_img

जेनिनमा इजरायली सैन्य कारबाहीमा सात प्यालेस्टिनी मारिए

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

इजरायली सेनाले जेनिन सहरमा ठूलो सैन्य कारबाही गर्दा सात प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले बताएको छ। उक्त सैन्य कारबाहीमा उत्तरी वेस्ट बैंकमा हवाई आक्रमण सहित करिब १०० इजरायली सैन्य गाडीहरू संलग्न भएको बताइएको छ ।

प्यालेस्टिनी मिडियाले सोमबार रिपोर्ट गरे अनुसार त्यहाँका बासिन्दाहरू र इजरायली सेनाहरू बीच हिंसात्मक झडप भएको छ । यतिबेला जेनिन जुन ठूलो शरणार्थी शिविरको लागि परिचित छ, त्यहा प्यालेस्टिनी लडाकु गुटहरूको गढ बनेको छ। जेनिन शहरमा विद्रोही र इजरायली सेनाहरू बीच बारम्बार र घातक भिडन्तहरू भैरहेको स्थानीय संचार माध्यमले जनाएका छन् ।

इजरायल र प्यालेस्टाइन क्षेत्रहरूमा सुरक्षा स्थिति तनावपूर्ण भएको र पछिल्ला घटनाहरूले स्थितिलाई थप चिन्ताजनक बनाएको छ। झण्डै दुई हप्ता अघि वेस्ट बैंकमा चार इजरायलीहरूमाथि दुई प्यालेस्टिनीहरूले गरेको घातक आक्रमणले हिंसाको लहर निम्त्याएको बताइन्छ। त्यसपछि इजरायली सेल्टरमा बसोबास गर्नेहरूले प्यालेस्टाइनीहरू विरुद्ध बारम्बार आक्रामक कार्यहरू गरिरहेको स्थानिय संचार माध्यमले जनाएका छन् ।

प्यालेस्टिनीको आक्रमण पश्चात इजरायली सेनाले वेस्ट बैंकमा धेरै आक्रमणहरू सञ्चालन गरेको छ, जसले प्यालेस्टिनी बासिन्दाहरू र इजरायली सैनिकहरू बीच जारी झडपहरू बढदो छ। यस वर्षको सुरुदेखि, इजरायली सेनासँगको भिडन्तमा १३० भन्दा बढी प्यालेस्टाइनीहरूले ज्यान गुमाएका छन्। सोही अवधिमा एक युक्रेनी महिला र एक इटालियनसहित २२ इजरायली हमलामा मारिएका छन्।

सन् १९६७ को ६ दिने युद्धमा इजरायलले वेस्ट बैंक र पूर्वी जेरुसेलम कब्जा गरेको थियो। प्यालेस्टिनीहरूले यी क्षेत्रहरूलाई आफ्नो राज्यको लागि दाबी गर्दै आएको र पूर्वी जेरुसेलमलाई यसको राजधानीको रूपमा तोकेका छन् ।

जेनिन शरणार्थी शिविर, जसलाई जेनिन शिविर पनि भनिन्छ, उत्तरी वेस्ट बैंकको जेनिन शहरमा अवस्थित प्यालेस्टिनी शरणार्थी शिविर हो। १९४८ को प्यालेस्टाइन युद्धको समयमा र पछि आफ्नो घरबाट भागेका वा निष्कासित प्यालेस्टाइनीहरुका लागि बसोबास गराउन १९५३ मा शरणार्थी शिविर स्थापना गरिएको थियो।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

अदानी समूहमाथि घुसखोरीको आरोप: २५ करोड डलरभन्दा बढी घूस प्रस्तावको आरोप

अमेरिकी सिक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) ले भारतीय उद्यमी गौतम अदानी, उनका भतिज सागर अदानी, र सिरिल कबान्सविरुद्ध बहु-अर्ब...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img