spot_img
Friday, September 20, 2024
83.7 F
Washington DC.
spot_img

अफगानिस्तानमा महिला ब्यूटी पार्लरमा प्रतिबन्ध

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अफगानिस्तानमा तालिबानको सरकारले महिला ब्यूटी पार्लरमा प्रतिबन्ध लगाएको छ। उनीहरूलाई एक महिनाको लागि व्यापार बन्द गर्न सूचना दिएको तालिवान सरकारका प्रवक्ताले मंगलबार जानकारी दिएका छन् । अफगानिस्तानमा तालिबानको सरकारले महिला र केटीहरूको अधिकार र स्वतन्त्रतामा लगाएको यो नयाँ प्रतिबन्ध हो।

“महिलाहरूका लागि ब्यूटी पार्लरहरू बन्द गर्ने समय सीमा एक महिना हो,” सद्भावको रोकथाम र प्रचारप्रसार मन्त्रालयका प्रवक्ता मोहम्मद सादिक अकिफ महजरले मंगलबार मन्त्रालयको सूचनालाई उल्लेख गर्दै संचार माध्यमलाई जानकारी दिएका छन् ।

महजरले सामाजिक सञ्जालमा भाइरल भएको पत्रको विषयवस्तु मात्र पुष्टि गरे । उनले २४ जुनको मितिको पत्र साझा गर्दै, मन्त्रालयले सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाबाट मौखिक आदेश पठाएको बताएका छन् । यो प्रतिबन्ध राजधानी काबुल र सबै प्रान्तहरूमा रहनेछ। जसमा देशभरका सैलुनहरुलाई एक महिनाको लागि व्यवसाय बन्द गर्न सूचना दिइएको छ ।

विदेशी सरकार र संयूक्त राष्ट्र सङ्गले तालिबान सत्तामा फर्किएपछि महिलामाथि भएको बढ्दो प्रतिबन्धको निन्दा गरेका छन्।

यस अघि अफगानिस्तानमा तालिबानको सरकारले केटीहरू र महिलाहरूलाई स्कूल, विश्वविद्यालयमा जान र गैरसरकारी संस्थाहरूमा काम गर्नका साथै पार्क, सिनेमाघर र अन्य मनोरञ्जन क्षेत्रहरू जस्ता सार्वजनिक क्षेत्रहरूमा जान प्रतिबन्ध लगाएको थियो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img