spot_img
Wednesday, September 25, 2024
64.6 F
Washington DC.
spot_img

इजरायली सैनिकहरू वेस्ट बैंकबाट अपरेशन समाप्त गरेर फर्कदै

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

इजरायली सेनाले मंगलबार ढिलो वेस्ट बैंकमा विद्रोहीको गढबाट सेना फिर्ता गर्न थालेको अधिकारीहरूले जानकारी दिएका छन्। इजरायलको यो कदम वेस्ट बैंकमा दुई दिनको तीव्र सैन्य कारबाही पछि आएको हो जसमा कम्तिमा १३ प्यालेस्टाइनीहरूको ज्यान गएको , हजारौंलाई घरबारविहीन भएको र व्यापक क्षति पुगेको बताइएको छ । यस कारबाहीमा एक इजरायली सैनिकको पनि मृत्यु भएको थियो ।

यद्यपि, जेनिन शरणार्थी शिविरका केही भागहरूमा इजरायली सेना र प्यालेस्टाइनी चरमपन्थीहरूबीच ठूलो भिडन्त जारी छ। यसबाट योजनाबद्ध रूपमा इजरायली सैनिकहरू फर्कन ढिलाइ भएको समेत बताइएको छ ।

जेनिन शरणार्थी शिविरका बासिन्दाहरूले मध्यरात पछि सेनाले इलाका छोडेको जानकारी दिएका थिए । सेनाले लडाइँमा आफ्ना एक सैनिकको मृत्यु भएको बताए पनि थप विवरण भने दिएको छैन। गाजा पट्टीका लडाकूहरूले इजरायलमा पाँचवटा रकेट प्रहार गरेको सेनाले जनाएको छ। सबै रकेटहरू लक्ष्यमा पुग्नुअघि नै खसालेका थिए तर यसले दुई पक्षबीच तनाव बढ्ने खतरा बढेको छ ।

यस पूर्व , एक हमास चरमपन्थीले भीडभाड भएको तेल अवीव बस स्टेशनमा कार कुदाएको र त्यसपछि चक्कु प्रहार गरेको स्थानिय संचार माध्यमले जनाएका छन्। यसबाट एक गर्भवती महिला सहित आठ जना घाइते भएको बताइएको छ । आक्रमणकारीलाई हतियारसहित एक नागरिकले घटनास्थलमा नै मारेका थिए। हमासले इजरायलको कारबाहीको बदलास्वरूप आक्रमण भएको बताएको छ ।

यसैबीच, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले जेनिन बाहिर एउटा सेनाको चौकीको भ्रमणका दौरान झण्डै दुई दशकयताको सबैभन्दा ठूलो सैन्य अपरेशनको अन्त्य नजिकै रहेको सङ्केत गरेका थिए। साथै , नेतन्याहुले आगामी दिनमा पनि यस्ता अभियान सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

इजरायली र प्यालेस्टाइन अधिकारीहरूले मंगलबार अबेर राति जेनिनको एक अस्पताल नजिकै लडाइँ भएको जानकारी दिएका छन् । प्यालेस्टिनी अस्पतालका अधिकारीहरूले आधिकारिक वाफा समाचार एजेन्सीलाई इजरायली गोलाबारीमा तीन जना सर्वसाधारण घाइते भएको बताएका छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img