Friday, March 6, 2026
51.9 F
Washington DC.

प्रचण्डकी पत्नी सीता दाहालको निधन

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको बुधबार निधन भएको छ । । सीता दाहाल लामो समयदेखि बिरामी थिइन । स्वास्थ स्थिति बिग्रिए पछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो

प्रधानमन्त्रीकी श्रीमती पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा बुधबार बिहान हृदयघात भएपछि मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ।अस्पतालले उनलाई ८:३३ मा मृत घोषणा गरेको थियो ।

केहि बर्ष अघि प्रचण्ड श्रीमतीको उपचारका लागि विदेश समेत गएका थिए । उनी पार्किन्सनजस्ता लक्षणबाट पीडित थिइन् । चिकित्सकका अनुसार पार्किन्सन (पीएसपी) एक दुर्लभ मस्तिष्क रोग हो र एक लाखमा ५–६ जनामा ​​मात्रै देखिन्छ ।

जानकारी अनुसार सीता दाहालको स्वास्थ्य बिग्रिएपछि गत असोजमा सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो । उनलाई थप उपचारका लागि अमेरिका , भारतका साथै नेपालका विभिन्न अस्पतालमा लगिए पनि उनको स्वास्थ्यमा सुधार भएको थिएन ।

प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई माओवादी केन्द्रको पार्टी मुख्यालय पेरिसडाँडामा श्रद्धाञ्जली दिएपछि अन्तिम संस्कारका लागि पशुपति लगिएको थियो। उनलाई राष्ट्रिय सम्मानका साथ बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । दिवंगत दाहालको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका दुई छोरीहरू रेणु र गंगा दाहालले दागबत्ती दिएका थिए ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img