Thursday, May 22, 2025
55.3 F
Washington DC.

बेल्जियममा रायनएयरका पाइलटहरूद्वारा तलब कटौतीको बिरुद्व हडताल- १२० उडानहरू रद्द

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

बेल्जियमको चार्लेरोइ एयरपोर्टमा कार्यरत रायनएयरका पाइलटहरूले हडताल गरेका छन्। यसबाट १२० उडानहरू रद्द गरिएको छ । पाइलटहरूले कोभिड-१९ महामारीको समयमा लागू गरिएको तलब कटौतीको बिरुद्व यो हडताल गरेको बताइएको छ । हड्तालले शनिबार ६२ र आइतबार थप ५८ वटा रद्द गरी उल्लेख्य संख्यामा उडान प्रभावित भएको समाचार एजेन्सी डिपिएले जनाएको छ।

समाचार अनुसार कोरोना महामारीको समयमा र्यानएयर पाइलटहरूले यात्रा प्रतिबन्धहरूको बीचमा एयरलाइनलाई सहायोग गर्न अस्थायी तलब कटौती गर्न सहमत भएका थिए। यद्यपि, उनीहरूले अहिले आफ्नो तलबलाई महामारी पूर्वको स्तरमा पुनर्स्थापित गर्न माग गरिरहेका छन्। बेल्जियम मिडियाका अनुसार पाइलटहरूले महामारीका दौरान तलब कटौतीको अतिरिक्त उनीहरुको बिदाको अवधिमा समस्या भएको समेत प्रश्न उठाएका छन् ।

समाचार अनुसार पाइलटका प्रतिनिधि र रायनएयरबीच पटकपटक बैठक भए पनि कुनै निर्णय हुन सकेको छैन, जसका कारण चार्लेरोई विमानस्थलमा रहेका ८० प्रतिशत रायनायर पाइलट हडतालमा सहभागी भएका छन् ।

उडान रद्दबाट प्रभावित यात्रुहरूलाई वैकल्पिक यात्रा व्यवस्था वा फिर्ताको बारेमा जानकारीको लागि रायनएयरलाई सम्पर्क गर्न सल्लाह दिइएको छ । रायनएयरले हडताल वा पाइलटहरु संग वार्ताको प्रगतिको बारेमा आधिकारिक विवरण दिएको छैन ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको...

अन्य समाचार

- Advertisement -spot_img