Friday, March 6, 2026
51.9 F
Washington DC.

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको गोप्य कागजातको मुद्दाको परिक्षण मे २०२४ मा हुने अदालतको आदेश

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

एक महत्त्वपूर्ण घटनाक्रममा फ्लोरिडाको संघीय न्यायाधीश एलीन क्याननले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई वर्गीकृत कागजातहरू गलत ह्यान्डलिङ गर्ने संघीय मुद्दामा परिक्षणको मिति तोकेका छन्। न्यायाधीश क्याननको आदेश अनुसार अब ट्रम्पको परीक्षण मे २०, २०२४ मा सुरु हुने तय गरिएको छ, र दुई हप्तासम्म चल्न सक्ने बताइएको छ ।

ट्रम्पका वकिलहरूले २०२४ को राष्ट्रपतीय चुनाव नसकुन्जेल सम्म सुनुवाइ स्थगित गर्ने तर्कको बावजुद, न्यायाधीश क्याननले मे २० मा मुद्दा अघि बढाउने निर्णय गरेका छन् । अभियोजकहरूले सुरुमा डिसेम्बरको ट्रायल मिति खोजेका थिए, तर बचाव पक्षले यो समयमा राष्ट्रपतिको चुनाव र त्यसको नतिजाको माहौलमा निष्पक्ष परीक्षण प्राप्त गर्ने क्षमतालाई असर गर्न सक्ने तर्क गरेका थिए ।

यो मुद्दा डोनाल्ड ट्रम्पले आफ्नो राष्ट्रपतिको समाप्ति पछि आफ्नो निजी क्लब मार-ए-लागोमा उच्च वर्गीकृत कागजातहरू राखेको आरोप संग सम्बन्धित छ । विशेष सल्लाहकार ज्याक स्मिथले जुनमा ट्रम्प विरुद्ध अभियोग दायर गरेका थिए , जसमा ७७ वर्षीय पूर्व राष्ट्रपति ट्रम्पले आफु दोषी भएको स्वीकारेका छैनन । ट्रम्पले अभियोजकहरूले राष्ट्रपति जो बाइडेनको आदेशमा मुद्दा चलाएको आरोप लगाएका छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img