Friday, March 6, 2026
53.4 F
Washington DC.

अफ्रिकी देश नाइजरमा सैनिक विद्रोह: राष्ट्रपति पक्राउ, सबै सरकारी कार्यालयहरू निलम्बन, सीमा बन्द

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

बिहीबार पश्चिम अफ्रिकी देश नाइजरमा सैनिक विद्रोह भएको छ । नाइजरका सेनाका केही हतियारधारी सिपाहीहरूले राष्ट्रपति भवनमा प्रवेश गरी कब्जामा लिएका छन । यससँगै राष्ट्रपति मोहम्मद बजमलाई सत्ताबाट हटाउदै कैद गरिएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार सेनाले राष्ट्रिय टेलिभिजनमा देखा परेर विद्रोहको घोषणा गरेको थियो। कर्नल अमाडो अब्द्रामाने अन्य सैन्य अधिकारीहरूसँग टिभीमा आएर राष्ट्रपतिलाई सत्ताबाट हटन आग्रह गरेका थिए।

टेलिभिजनमा बोल्दै कर्णेल अब्द्रामानेले थप भने, “बिग्रिएको सुरक्षा अवस्था र कमजोर सुशासनका कारण हामी राष्ट्रपति शासनको अन्त्य गर्दैछौँ ।” अब्द्रामानेले नाइजरको सिमाना सिल गरिएको बताए । देशभर कर्फ्यू घोषणा गरिएको र सबै सरकारी कार्यालयहरू बन्द गरिएको उनले जानकारी गराएका थिए।

यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नाइजरका राष्ट्रपतिलाई सम्भावित सबै सहयोग उपलब्ध गराउने बताएका छन् ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले पनि आफूले राष्ट्रपतिसँग कुरा गरेको र संयुक्त राष्ट्रसंघको पूर्ण सहयोग उपलब्ध गराउने बताएका छन् ।

यद्यपि, नाइजरको सेनाले कुनै पनि विदेशी हस्तक्षेप विरुद्ध चेतावनी दिदै परिणामहरूको लागि तयार रहन भनेको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img