Monday, May 19, 2025
71.9 F
Washington DC.

अमेरिकी अदालतमा हन्टर बाइडेनको यू-टर्न, कर छलीको आरोपहरूमा आफु “दोषी नभएको” बयान

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले अदालतमा बुधवारको सुनुवाइको क्रममा दुईवटा कर सम्बन्धी आरोपहरुलाई स्पष्ट रूपमा अस्वीकार गर्दै आफु “दोषी नभएको” बयान दिएका छन् । हन्टर बाइडेनलाई गत महिना २०१७ र २०१८ मा १५ लाख डलरभन्दा बढीको आम्दानीमा १ लाख डलरभन्दा बढी कर नतिरेको आरोप लागेको थियो।

हन्टरले सरकारी पक्ष (अभियोजनकर्ता) सँग सम्झौता गरेपछि दोष स्वीकार गर्ने अपेक्षा गरिएको थियो। सरकारी पक्षले दुई वर्षको प्रोबेशन सिफारिस गर्ने योजना बनाएका थिए। बुधवारको सुनुवाइको क्रममा, प्रारम्भिक समझौताले भविष्यमा लाग्ने कुनै पनि आरोपबाट जोगाउँछ कि भनेर अदालतमा विवाद भएको थियो।

यदि हप्ता दिनमा हन्टर र सरकारी पक्ष बीच सम्झौता हुन नसके हन्टर बाइडेनलाई आपराधिक मुद्दा चलाउन सकिने संचार माध्यमहरुले जनाएका छन् । सैद्धान्तिक रूपमा, उनीमाथि अवैध रूपमा बन्दुक खरिद गरेको आरोप पनि लाग्न सक्छ। हन्टर बाइडेनविरुद्धको अनुसन्धान डोनाल्ड ट्रम्पको कार्यकालमा सुरु भएको थियो । तर, यस अनुसन्धानको समयसीमा सधैं लम्बिँदै गयो। हन्टरले करोडौं डलरको विदेशी व्यापार सम्झौताको साथ मनी लान्ड्रिंग र विदेशी लबिङ कानूनहरू उल्लङ्घन गरेको आरोप समेत छ।

सन् २०२० को चुनावका बेला हन्टरको ल्यापटपबाट ड्रग्स भएको नग्न फोटो र भिडियोहरू बरामद भएको बताइन्छ । त्यतिखेर, हन्टरले आफ्नो ल्यापटप मर्मतको लागि डेलावेयरको पसलमा छोडेका थिए। त्यहाँबाट उनको ल्यापटप डोनाल्ड ट्रम्पका सहयोगीहरूको हातमा पुग्न गएको थियो ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको...

अन्य समाचार

- Advertisement -spot_img