spot_img
Tuesday, September 24, 2024
62.7 F
Washington DC.
spot_img

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २०२० को चुनावी नतिजा उल्ट्याउन खोजेको औपचारिक अभियोग

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २०२० को राष्ट्रपति निर्वाचनको नतिजा उल्ट्याउन खोजेको औपचारिक रुपमा आरोप लगाइएको छ । ट्रम्पले जो बाइडेनसँग राष्ट्रपति निर्वाचनमा हारे पनि सत्तामा रहन मतदाताहरूलाई ‘जानीजानी झुटो’ दाबी गरेको विशेष काउन्सिल ज्याक स्मिथले मंगलबार वाशिंगटन जिल्ला अदालतमा ४५ पृष्ठको अभियोगपत्र दायर गरेका छन् । चार महिनामा ट्रम्पविरुद्ध आरोप लगाइएको यो तेस्रो पटक हो।

ट्रम्पलाई सरकारी कारबाहीमा बाधा पुर्‍याउने षड्यन्त्र, संयुक्त राज्य अमेरिकालाई धोका दिने षड्यन्त्र, सरकारी कामकाजमा अवरोध गर्ने र बाधा पुर्‍याउने प्रयास र ठगी गर्ने षड्यन्त्र गरेको चार प्रकारका आरोप लगाइएको छ। यी आरोपमध्येमा २० वर्षसम्मको जेल सजाय समेत माग गरिएको छ ।

अभियोगमा ट्रम्पलाई जनवरी ६ को भाषण मार्फत दंगा भड्काएको वा दंगाकारीहरूसँग षड्यन्त्र गरेको आरोप छ ।

अभियोगमा जनवरी ६ को दंगा भडकाउने षड्यन्त्रकारीको नाम उल्लेख छ तर कागजमा उनीहरुको नाम छैन । उनीमाथि फौजदारी अभियोग लाग्ने हो वा होइन भन्ने अहिले नै स्पष्ट भएको छैन । यसमा ट्रम्पका पूर्व व्यक्तिगत वकिल रुडी जिउलियानी, न्याय विभागका पूर्व अधिकारी जेफ्री क्लार्क र ट्रम्पका पूर्व सहयोगी सिडनी पावेल पनि समावेश हुने विश्वास गरिएको छ।

मिडियासँग कुरा गर्दै ज्याक स्मिथले भने, ‘हाम्रो देशको संसदमा जनवरी ६, २०२१ मा भएको हमला अमेरिकी लोकतन्त्रमाथिको आक्रमण थियो। “अभियोगमा उल्लेख गरिए अनुसार, चुनावी धाँधलीका बारेमा झुट फैलाएको , प्रतिवादीहरूले अमेरिकी सरकारको आधारभूत कार्य – राष्ट्रपति चुनावको परिणाम सङ्कलन, गणना र प्रमाणित गर्ने प्रक्रियामा बाधा पुर्‍याउने उद्देश्यले गरिएको थियो,” उनले भने।’

अभियोगको प्रतिक्रियामा ट्रम्पले यी आरोपहरु राजनीतिक रूपमा प्रेरित भएको बताएका छन् । ट्रम्पले बाइडेन प्रशासनले न्याय विभागलाई उनको विरुद्ध राजनीतिक उपकरणको रूपमा प्रयोग गरेको आरोप लगाएका छन्। उनले आफ्नो सामाजिक मिडिया वेबसाइट, ट्रुथ सोशलमा श्रृंखलाबद्व पोष्टहरू गर्दै भनेका छन् यी आरोपहरू २०२४ मा हुने राष्ट्रपति चुनावको लागि उनको उम्मेदवारीमा हस्तक्षेप गर्न लगाइएको हो ।

मिडियासँग कुरा गर्दै ज्याक स्मिथले भनेका छन् कि ट्रम्प बिहीबार साँझ अदालतमा हाजिर हुनेछन् । स्मिथले भने कि उनको उद्देश्य “सकेसम्म चाँडो सुनुवाईको लागि सोध्नु हो ताकि हाम्रो प्रमाण अदालतमा परीक्षण गर्न सकोस् र जूरीले न्याय दिन सकून्।”

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img