Monday, May 19, 2025
76.3 F
Washington DC.

जोन गुडविन अन्तरिक्षमा यात्रा गर्ने पहिलो ओलम्पियन बने ; टिकट लिएको १८ वर्षपछि पालो आयो

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

ब्रिटिश अरबपति रिचर्ड ब्रान्सन द्वारा स्थापित अन्तरिक्ष पर्यटन कम्पनी ‘भर्जिन ग्यालेक्टिक’ अन्ततः आफ्नो पहिलो अन्तरिक्ष पर्यटकहरूलाई ब्रह्माण्डको छेउमा पुर्याउन सफल भएको छ , जुन दशकौंको प्रतिज्ञापछि हिजो बिहिबारका दिन पुरा भएको छ ।

बेलायती जोन गुडविन अन्तरिक्षमा यात्रा गर्ने पहिलो ओलम्पियन बनेकाक छन् । टिकट किनेको १८ वर्षपछि उनको अन्तरिक्ष यात्राको पालो आएको थियो । क्यारिबियनको एन्टिगुवाका स्वास्थ्य प्रशिक्षक केइशा शाहफ र स्कटल्याण्डको एबरडीन विश्वविद्यालयमा अध्ययनरत उनकी छोरी अनास्तासिया मायर्स तिन पर्यटक अन्तरिक्ष यात्रामा सहभागी थिए । तीनजना यात्रुबाहेक जहाजमा दुईजना पाइलट सहित ५ जना सवार थिए ।

अन्तरिक्षमा भर्जिन ग्यालेक्टको यो सातौं यात्रा र पहिलो टिकट गरिएको यात्रा हो। सन् २०१८ मा अन्तरिक्ष यात्रा सुरु भएको थियो । यससँगै भर्जिन ग्यालेक्टिकले जेफ बेजोसको ब्लू ओरिजिन र एलोन मस्कको स्पेसएक्ससँगै अन्तरिक्ष पर्यटन व्यवसायमा स्थान बनाएको छ। तिनीहरू मासिक यात्रा प्रस्ताव गर्छन्। हाल करिब ८०० जनाले बुकिङ गरी यात्राको प्रतिक्षामा रहेको कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन् ।

२००५ मा, जोन गुडविनले भर्जिन ग्यालेक्टिकमा अन्तरिक्ष यात्राको लागि टिकट किनेका थिए। तर, उनको अन्तरिक्ष यात्राको सपना पुरा हुन १८ वर्षसम्म पालो कुर्नु परेको थियो । गुडविन, अहिले ८० बर्षका भए। सन् १९७२ म्युनिख ओलम्पिकमा क्यानोइङमा उनले प्रतिस्पर्धा गरेका थिए । पार्किन्सन्स रोगबाट पीडित, उनले आफ्नो यात्राको उद्देश्य अरूलाई प्रेरित गर्ने बताएका छन् । १८ बर्ष अगाडि बुकिङको समयमा उनको अन्तरिक्ष यात्राको लागत दुई लाख डलर थियो। अब यो बढेर चार लाख पचास हजार डलर भएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको...

अन्य समाचार

- Advertisement -spot_img