Monday, May 19, 2025
71.9 F
Washington DC.

चीनद्वारा विवादित साउथ चाइना सी टापुमा धावनमार्ग निर्माण – रिपोर्ट

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

चीनले विवादित साउथ चाइना सी टापुमा भियतनाम र ताइवानले दाबी गरेको दक्षिण चीन सागरको विवादित टापुमा रनवे निर्माण गरिरहेको देखिन्छ, हङकङको एउटा अखबारले स्याटेलाइट तस्बिरहरूलाई उदृत गर्दै शुक्रबार रिपोर्ट गरेको छ।

साउथ चाइना मर्निङ पोष्टले युरोपेली अन्तरिक्ष एजेन्सीले खिचेको तस्बिरमा विवादित पारासेल टापुको हिस्सा रहेको ट्राइटन टापुमा गत महिना ६३० मिटर लामो एयरस्ट्रिप भएको देखिएको बताएको छ।

पारासेल टापुहरूको सबैभन्दा दक्षिणी र पश्चिममा रहेको ट्राइटन टापु सन् १९७४ देखि नौसेना युद्धपछि चिनियाँ नियन्त्रणमा रहेको छ।

प्लानेट ल्याब्स पिबिसीको स्याटेलाइट तस्बिरले अगस्ट १५, २०२३ मा दक्षिण चीन सागरमा रहेको ट्राइटन टापु देखाउँछ। सर्वप्रथम अगस्टमा प्लानेट ल्याब्स पिबिसीको स्याटेलाइट तस्बिरमा देखाइएको धावन मार्ग (एयरस्ट्रिप) को निर्माणबारे एपी समाचार एजेन्सीले विश्लेषण गरेको जनाएको छ। द ड्राइभ, एक समाचार वेबसाइटले रिपोर्ट गरेको स्याटेलाइट फोटोहरू मार्फत खुलासा गरिएको थियो । समाचार वेबसाइट द ड्राइभले मंगलबार स्याटेलाइट तस्बिरहरु पहिलो पटक सार्वजनिक गरेको थियो ।

मिडिया रिपोर्ट अनुसार भियतनामी र चिनियाँ अधिकारीहरूले यस बारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

शुक्रबार एक पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले ट्राइटन टापु “चीनको अन्तर्निहित क्षेत्र” भएको र त्यहाँ बेइजिङले जे गरेको छ त्यो “अन्तर्राष्ट्रिय कानून अनुरूप भएको र आलोचना भन्दा फरक ” रहेको भन्दै धावनमार्ग निर्माणको बचाउ गरेका छन् ।

चीन र भियतनामबीच दक्षिण चीन सागरमा क्षेत्रीय विवाद चलिरहेको छ। अप्रिलमा, बेइजिङले पारासेल टापुहरूको सबैभन्दा ठूलो वुडी टापुमा हटपट रेस्टुरेन्ट खोल्दा हनोईबाट आलोचना भएको थियो ।

चीनले दक्षिण चीन सागरमा विवादित टापुहरूको अर्को समूह स्प्रेटली टापुहरूमा पनि धावनमार्ग निर्माण गरेको रिपॊर्ट्मा जनाइएको छ ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको...

अन्य समाचार

- Advertisement -spot_img