Friday, March 6, 2026
51.9 F
Washington DC.

अष्ट्रेलियामा अमेरिकी सैनिक विमान दुर्घटना हुँदा ३ अमेरिकी मरीनको मृत्यु

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

एक अमेरिकी सेनाको विमान अस्ट्रेलियाको मेलभिल टापुमा आइतबार दुर्घटनाग्रस्त हुदा तीन जनाको ज्यान गएको छ भने जहाजमा रहेका २३ मध्ये पाँच जना सिकिस्त घाइते भएका छन्।

एमभी- २२वि ओस्प्रे जहाज आइतबार बिहान प्रशिक्षण अभ्यासको क्रममा दुर्घटनाग्रस्त हुँदा तीन अमेरिकी मरीनको ज्यान गएको छ र अन्य पाँच जनाको अवस्था गम्भीर भएको अमेरिकी मरिनले पुष्टि गरेको छ।

अमेरिकी मरीनका अनुसार दुर्घटना स्थानीय समय अनुसार बिहान ९:३० बजे भएको थियो। मेलभिल टापुमा ओस्प्रे जहाज दुर्घटनाग्रस्त हुँदा तीन व्यक्तिको मृत्यु भएको र घाइतेहरूलाई तत्काल चिकित्सा उपचारको लागि डार्विन शहरमा लगिएको थियो।

युएस मरीनले एक विज्ञप्ति जारी गर्दै दुखद घटनाको पुष्टि गर्दै मृत सैनिकका परिवारप्रति समवेदना व्यक्त गरेको छ। दुर्घटना वार्षिक प्रिडेटर रन अभ्यासका दौरान भएको थियो। संयुक्त प्रशिक्षणका क्रममा अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, पूर्वी टिमोर, इन्डोनेसिया, र फिलिपिन्स सहित धेरै राष्ट्रहरुको सैन्य बल शामिल छ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले घटनाप्रति दुःख व्यक्त गर्दै यसलाई ‘दुःखद’ घटना भएको बताएका छन् । उनले दुर्घटनामा परेकाहरुलाई सहयोग गर्नेमा सरकार र रक्षा विभागको ध्यान केन्द्रित रहेको एक बिज्ञप्ति मार्फत बताएका छन् ।

हेलिकप्टर दुर्घटनामा अष्ट्रेलियाली सैनिक संलग्न नभएको अष्ट्रेलियाका प्रधानमन्त्रीले बताएका छन् । संयुक्त सैन्य अभ्यासमा अमेरिका, अष्ट्रेलिया, फिलिपिन्स, पूर्वी टिमोर र इन्डोनेसिया लगायतका विभिन्न राष्ट्रका सैनिक सहभागी थिए । उक्त दुर्घटनाग्रस्त जहाजले अमेरिकी सैनिकहरू मात्रै बोकेको थियो ।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img