Friday, March 6, 2026
54.4 F
Washington DC.

इरानी तीर्थयात्री चढेको बस ठोक्किँदा १८ जनाको मृत्यु , १५ जना घाइते

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

इराकको मध्य प्रान्त सलाहुदिनमा एउटा बस ठोक्किँदा १८ जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् । बगदादबाट करिब ८० किलोमिटर उत्तरमा रहेको बलाद सहर नजिकै मुख्य सडकमा शिया तीर्थयात्री बोकेका दुईवटा बस एकआपसमा ठोक्किएपछि शुक्रबार राति उक्त दुर्घटना भएको हो।

मारिएका मध्ये १० जना इरानी नागरिक र २ जना इराकी रहेका छन् । बाँकी घाइतेहरुको पहिचान हुन सकेको छैन । घाइते सबै इरानी मूलका हुन् ।

अत्याधिक गतिमा रहेको गाडीका चालकले स्टेयरिङको नियन्त्रण गुमाउँदा दुर्घटना भएको स्थानीय प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

हजारौं इरानी तीर्थयात्रीहरू अरबाइन धार्मिक अनुष्ठान अवलोकन गर्न बगदादबाट करिब ११० किलोमिटर दक्षिणमा रहेको पवित्र शिया सहर कर्बलामा यात्रा गरिरहेका बेला यो दूर्घटना भएको हो।

६८० ईस्वीमा करबलाको युद्धमा मारिएका पैगम्बर मुहम्मदका नाति इमाम हुसैनको ४० दिनको शोकको धार्मिक अनुष्ठान को समापन हो अरबाइन। इमाम हुसैन कर्बलाको युद्धमा दुखद रूपमा मारिएका थिए।

तीर्थयात्रीहरू परम्परागत रूपमा समराको अल-अस्करी तीर्थस्थल र इराकभरका अन्य पवित्र स्थलहरूको भ्रमण गर्छन्।

(विभिन्न स्रोतबाट प्राप्त जानकारी)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img