Friday, March 6, 2026
54.4 F
Washington DC.

ठगी र चोरीको आरोपमा भर्जिनियाको टायसनमा तीन न्यूयोर्कवासी पक्राउ

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

फेयरफ्याक्स काउन्टी पुलिस विभागको टायसन अर्बन टोली (टियूटी) द्वारा ठगी अनुसन्धानका दौरान गिरफ्तार गरे पछि तिन न्यूयोर्करहरू जेलमा परेका छन्।

प्रहरीको विज्ञप्तिका अनुसार, बिहीबार दिउँसो टायसन कर्नर सेन्टरको लुइस भिटन स्टोरबाट दुईजना व्यक्तिहरूले चोरीको क्रेडिट कार्डको प्रयोग गरी २१ हजार डलर मूल्यको सामानहरू किन्न प्रयास गरेका गरेपछि टियूटी अधिकारीहरूलाई जानकारी गराइएको थियो। ब्रुकलिनका २८ वर्षीय जेमिन डेकाम्ब्रा र अस्टोरियाका ३३ वर्षीय डार्नेल डेभिसले स्टोरबाट बाहिर निस्केर जमैकाकी ३७ वर्षीया मार्सिया लुइससँग भाडाको कारमा चढी भागेका थिए ।

त्यसपछि प्रहरीले संदिग्धहरूलाई पछ्याए र उनीहरूको कार रोक्न सफल भएका थिए। उनीहरूको तलासीमा प्रहरीले ३६ वटा नक्कली ड्राइभर लायसेन्स, ३२ वटा चोरीका क्रेडिट कार्डहरू, एक हुलाकको मेल वाहक वर्दी, एक हुलाकको चावी , हुलाकमा चोरिएका सामान, र सवारी साधन सहित चोरी र जालसाजीको अन्य प्रमाणहरू फेला पारेको प्रहरीले बताएको छ। उनीहरूले करिब १५ हजार डलर मूल्यको वस्तुहरू पनि बरामद गरेको थियो जुन चोरिएको क्रेडिट कार्डबाट जालसाजीपूर्वक खरिद गरिएको थियो।

प्रहरीका अनुसार तिनजना संदिग्धहरूलाई वयस्क डिटेन्सन सेन्टरमा लगिएको र बिना बन्धक हिरासतमा राखिएको छ। तिनीहरूले क्रेडिट कार्ड चोरी, क्रेडिट कार्ड जालसाजी, पहिचान चोरी, गिरफ्तारीको प्रतिरोध, र नक्कली ड्राइभर लायसेन्सहरू राखेको धेरै आरोपहरू सामना गर्नु पर्ने भएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img