spot_img
Friday, May 17, 2024
61.9 F
Washington DC.
spot_img

नविन काफ्ले: हिमालय देखि अमेरिकाको ‘बिग एप्पल’ सम्म

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

जोसिला र बहुमुखी प्रतिभाका धनी नविन काफ्ले परिचितहरू बिच लोकप्रिय छन्। उनी एक सार्वजनिक सेवक, प्रविधि विशेषज्ञ, एक यात्री, जिम्मेवार अविभावक र एक शाकाहारी व्यक्ति हुन् । विगत पन्ध्र वर्षदेखि न्युयोर्क सहरलाई आफ्नो घर बनाएका उनी नेपाली-अमेरिकी हुन् । न्युयोर्क सहरको अफिस अफ टेक्नोलोजी एन्ड इनोभेसन (NYC-OTI) ले सेप्टेम्बर २६ तारेखमा गरेको एउटा ट्विटका कारण संसारभरि फैलिएका नेपालीबिच थप चर्चित पनि भएका छन्।

न्यूयोर्क शहर एक प्रसिद्ध अमेरिकी महानगर हो जसका धेरै उपनामहरू छन्, जसमध्ये “बिग एप्पल” लोकप्रिय छ। “बिग एप्पल” – यो उपनाम स्थानीय र पर्यटकहरूद्वारा व्यापक रूपमा प्रयोग गरिन्छ। न्यूयोर्क भ्रमण गर्नको लागि उत्कृष्ट स्थानको रूपमा प्रचार गर्ने क्रममा सन् १९७० को विज्ञापन अभियानमा “बिग एप्पल” को उपनाम दिइएको बताइन्छ।

नविन नेपालको एउटा दुर्गम गाउँमा जन्मिए र हुर्केका थिए । दक्षिण एसियाली देश नेपाल जसले विश्वको अग्लो हिमाल लगायत हिमालयको उपहार पाएको छ । हुर्कदै, नविनले नयाँ क्षितिजहरू खोज्ने र संसारमा सकारात्मक प्रभाव पार्ने क्यारियरको खोजी गर्ने सपना देखे। उनले आफ्नो मातृभूमि छोडेर संयुक्त राज्य अमेरिका जाने निर्णय गरे, जहाँ उनका माता पिता लगायत भाई बैनी समेत अलिक अगाडिदेखि बस्दै आएका थिए। माता पिता र आफ्नो चार जनाको सानो र खुशी परिवारको सामिप्यमा रहेर उनी कलेजमा भर्ना भए र कम्प्युटर विज्ञानको अध्ययन गरे।

स्नातक पछि, नवीन न्यूयोर्क सिटि अफिस अफ टेक्नोलोजी एण्ड इनोभेसन (NYC-OTI) मा सामेल भए, जहाँ उनी २०१६ देखि काम गर्दै आएका छन्। इन्टरप्राइज युनिफाइड कोलाबोरेसन इन्जिनियरिङका निर्देशकको रूपमा रहेर उनी ४६ शहर एजेन्सीहरूरु भित्र १०० भन्दा बढी एकाइहरूलाई महत्त्वपूर्ण सेवाहरू प्रदान गर्ने टोलीको नेतृत्व गर्छन्। उनको टोली डिजिटल संचार र एक्सचेन्ज अनलाइन, टिम , अनड्राइभ , र सेयर पइन्ट अनलाइन जस्ता एप्लिकेशनहरूको सुरक्षा र दक्षता सुनिश्चित गर्न जिम्मेवार छ। उनको टिमले शहरलाई इमेल-आधारित खतराहरू जस्तै फिसिङ, व्यक्ति वा संस्थाको एकाउण्टको अनधिकृत पहुँच/प्रयोग, र मालवेयर आक्रमणहरूबाट जोगाउन मद्दत गर्दछ।

न्यूयोर्क सिटि अफिस अफ टेक्नोलोजी एण्ड इनोभेसन (NYC-OTI) न्यूयोर्क शहर सरकारको एक विभाग हो जसले सरकारी सञ्चालन र जनतालाई प्रदान गरिने सेवा प्रवाहमा विध्यमान प्रविधिहरूको प्रयोगको निरीक्षण गर्दछ।

नविनलाई आफ्नो काम मनपर्छ र सार्वजनिक सेवामा काम गर्न पाउँदा उनी खुशी छन । उनी भन्छन , “म एक स्वस्थ, अधिक उत्पादनशील कार्य वातावरणलाई कायम राख्न दैनिक प्रयास गर्छु, न्यूयोर्क सिटि अफिस भित्र र अन्य शहरी एजेन्सीहरूसँगको सहकार्यमा संस्थागत चुनौतीहरूलाई सम्बोधन गर्न र संगठनात्मक उदेश्य प्राप्तीकालागि प्रयासरत रहन्छु।” उनी नयाँ सीपहरू सिक्न र प्राविधिक चुनौतीहरूको समाधान गर्न पनि रमाउँछ।

नविन – आफ्नो माता पिता तथा परिवारसंग (फाइल तस्बिर)

आफ्नो फुर्सतको समयमा उनी परिवारलाई समय दिन्छन। उनी परिवारसंग विभिन्न ठाउँहरू घुम्न मन पराउछन। उनी भन्छन आफुले अमेरिकाका २६ राज्यको भ्रमण गरी सकेको र यहाको प्राकृतिक सौन्दर्य र विविधताको अवलोकन भ्रमणले धेरै जान्ने र बुझ्ने अवसर पाएको उनी बताउछन।

नविन शाकाहारी हुन् , तर खाना पकाउने उनको जोशको कुनै सीमा छैन। विभिन्न प्रकारका व्यञ्जनहरू र परिकारहरू पकाएर खुवाउन उनलाई रहर लाग्दछ । आफु शाकाहारी भएता पनि उनी आफ्नो परिवारकोलागि स्वादिष्ट परिकार पकाउन र ग्रिल गर्न मन पराउँछन्। उनी न्युजर्सीमा आफ्नो आमा, श्रीमती र दुई छोराछोरी सहित आफ्नो सुन्दर परिवारसँग बस्छन्।

नविन काफ्ले आफ्नो सपनालाई पछ्याउने, सिक्ने, सिकाउने, कर्तब्यनिष्ठ र आफ्नो समुदायमा फरक पार्ने एक उदाहरणीय व्यक्तित्व हुन् । उनी आफ्नो नेपाली संस्कार र संस्कृतिमा गर्व गर्दछन र आफ्नो अमेरिकी अवसरहरूको लागि कृतज्ञ छन्। यसैले उनी आफूलाई हिमालयदेखि बिग एप्पलसम्म दुवैको नागरिक मान्दछन ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img