Saturday, May 17, 2025
86.8 F
Washington DC.

२०२० मा क्यान्सरबाट मात्रै ५३ लाखले गुमाए ज्यान, ७० प्रतिशतलाई बचाउन सकिन्थ्यो

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सन् २०२० मा क्यान्सरजस्तो घातक रोगबाट विश्वभर ५३ लाख जनाले ज्यान गुमाएका छन्। द ल्यान्सेट ग्लोबल हेल्थमा प्रकाशित चिकित्सा अध्ययनमा २०२० मा ५३ लाख जनाले अनाहकमा ज्यान गुमाएको उल्लेख छ। मृत्यु हुनेमा २९ लाख पुरुष र २३ लाख महिला छन्। २३ लाख महिलामध्ये करिब १३ लाखको मृत्यु तमाखु, मदिरा, मोटोपन र संक्रमणका कारण भएको बताइएको छ। कुल मृत्यु हुनेमध्ये ७० प्रतिशतको ज्यान बचाउन सकिने अध्ययनले देखाएको छ।

इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर (आइएआरसी) को मृत्यु दरमाथि ग्लोबोक्यान २०२० डेटा प्रयोग गर्दै शोधकर्ताले अध्यनमार्फत समयमै क्यान्सर पत्ता लगाएमा र त्यसको उपचार सुरु गरेमा लाखौंलाई मृत्यु हुनबाट जोगाउन सकिने सुझावसमेत दिएका छन्। त्यस्तै, वार्षिक १५ लाख महिलालाई मृत्यु हुनबाट जोगाउन सकिने पनि शोधकर्ताले बताएका छन्।

आइएआरसीस्थित क्यान्सर निरीक्षण उपशाखाका प्रमुख प्राध्यापक इसाबेल सोरजोमातरमका अनुसार महिलालाई बढी स्तन र गर्भाशयमा क्यान्सर हुन्छ। त्यस्तै वार्षिक ७० वर्षभन्दा कम उमेरका ३ लाख जना महिलाको फोक्सोको क्यान्सरबाट मृत्यु हुन्छ। यसबाहेक डेढ लाखभन्दा बढी महिलाको मृत्यु कोलोरेक्ट क्यान्सरबाट भइरहेको प्राध्यापक इसाबेलको भनाइ छ।

केही दशकयता उच्च आयस्रोत भएका देशका महिलामा फोक्सोको क्यान्सरबाट हुने मृत्युभन्दा स्तनक्यान्सरबाट हुने मृत्युको संख्या बढी छ।

साथै, अध्ययनमा महिलामा क्यान्सरको कारण र जोखिमबारे अधिक जाँच गर्नुपर्ने बताइएको छ। यस्तो जोखिम पुरुषको तुलनामा कम मानिन्छ। त्यसैगरी, महिलाले प्रयोग गर्ने उत्पादन, जस्तै, स्तन प्रत्यारोपण, छाला नरमे बनाउने तथा कपालमा प्रयोग गर्ने उत्पादनले पनि क्यान्सर बढाउन मद्दत गर्ने अध्ययनमा उल्लेख छ।

ल्यान्सेट कमिसनको नयाँ रिपोर्टमा लैगिंक असमानता र भेदभावले पनि महिलालाई क्यान्सरको जोखिमबाट बच्ने अधिकार र अवसरलाई प्रभावित पार्ने उल्लेख छ। यसले समयमा परीक्षण गर्ने र रेखदेख गर्नमा बाधा पुर्याउनेसमेत बताइएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सर्वोच्च अदालतद्वारा रविन्द्र मिश्रलाई रिहा गर्न आदेश- शक्ति केन्द्रको आडमा निर्दोष व्यक्तिलाई कसरी सताइञ्छ भन्ने स्पष्ट उदाहरण

सर्वोच्च अदालतले राष्ट्रीय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश डा. कुमार चुडाल र...

अन्य समाचार

- Advertisement -spot_img