Wednesday, May 21, 2025
58.7 F
Washington DC.

नेदरल्याण्डको मेडिकल कलेजमा गोली हानाहान, २ जनाको मृत्यु, संख्या बढ्ने अनुमान

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेदरल्याण्डको रोटरडम सहरमा बिहीबार गोलीकाण्डका दुई घटना भएका छन् । समाचार एजेन्सी एपीका अनुसार पहिलो घटना युनिभर्सिटी अस्पताल (मेडिकल कलेज) र दोस्रो घटना एउटा घरमा भएको हो ।

गोली हानाहानबाट धेरै मानिस मारिएको हुन सक्ने आसंका गरिएको छ। तर, अहिले मेडिकल कलेजमा भएको गोलीकाण्डमा २ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । यो संख्या बढ्न सक्ने भनिएको छ ।

बिबिसीका अनुसार मृत्यु हुनेमा ३९ वर्षीया महिला र ४२ वर्षीय शिक्षक रहेको प्रहरीले जनाएको छ । मृत्यु भएकी महिलाकी १४ वर्षीया छोरीलाई पनि गोली लागेको छ । उनलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ , बिबिसीले प्रहरी प्रमुख फ्रेड वेस्टरबेकेलाई उदृत गर्दै जनाएको छ।

प्रहरीका अनुसार सैन्य पोशाक लगाएका एक व्यक्तिले मेडिकल कलेजको कक्षा कोठामा बन्दुक प्रहार गरेका थिए । शंकास्पद अभियुक्तको उमेर ३२ वर्ष रहेको बताइएको छ । उनी पक्राउ परेका छन् । स्थानीय मिडियाका अनुसार गोलीबारीपछि मेडिकल कलेजमा आगलागी भएको थियो ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको...

अन्य समाचार

- Advertisement -spot_img