Friday, March 6, 2026
53.4 F
Washington DC.

२०७९ को मदन पुरस्कार ‘ऐंठन’ उपन्यासलाई

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

२०७९ को मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐंठनलाई दिइने भएको छ।

आज बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो।

यसैगरी बैठकले जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई दिने निर्णय गरेको छ।

मदन पुरस्कार र जगदम्बा श्री दुवैको पुरस्कारको राशी चार–चार लाख रुपैयाँ छ।

ऐँठनमा माओवादी सशस्त्र आन्दोलनको बेला नेपाली समाजले भोगेको विषयवस्तु छ। ऐँठन विवेकको दोस्रो कृति हो। यसअघि उनले ऐलानी उपन्यास बजारमा ल्याएका थिए। वादी समुदायको कथा रहेको सो कृतिलाई लिएर मुद्दासमेत परेको थियो।

‘मदन पुरस्कार एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरूमध्ये एक कृतिलाई प्रदान गरिँदै आएको छ। यो पुरस्कारका लागि अन्तिम सूचीमा परेका उत्कृष्ट पाँच पुस्तकहरुमध्येबाट ऐँठन छनोट भएको हो। उत्कृष्ट पाँच पुस्तकको सूचीमा ऐँठनसहित सुविन भट्टराईको इजोरिया, द्वारिकनाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर थिए।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img