spot_img
Monday, May 13, 2024
49.1 F
Washington DC.
spot_img

मार्करामको कीर्तिमानी शतक, दक्षिण अफ्रिकाद्वारा श्रीलंका पराजित

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

एडेन मार्करामको सनसनीपूर्ण शतकको मद्दतले दक्षिण अफ्रिकाले भारतमा भएको पुरुष क्रिकेट विश्वकपमा उच्च स्कोरिङ खेलमा श्रीलंकालाई १०२ रनको विशाल अन्तरले पराजित गरेको छ।

मार्करामले मात्र ४९ बलमा सतक बनाउदै विश्वकप क्रिकेटको इतिहासमा सबैभन्दा छिटो शतक बनाउने रेकर्ड बनाएका छन।

यसअघि आयरल्याण्डका केभिन ब्लिट्जक्रेगले ५० बलमा बनाएको कीर्तिमानी सतकलाई मार्करामको यस सतकले तोडेको छ। ओ’ब्रायनले २०११ मा इंग्ल्याण्ड विरुद्ध सतक बनाएका थिए ।

उनले दक्षिण अफ्रिकालाई क्रिकेट विश्व कप खेलमा अहिलेसम्मकै उच्च स्कोर बनाउन समेत मद्दत गरेका छन्। दक्षिण अफ्रिकाले ४२८ / ५ को उच्च स्कोर बनाएर २०१५ मा अफगानिस्तान विरुद्ध अष्ट्रेलियाको बनाएको ४१७ / ६ को रेकर्ड तोडेको छ ।

यस खेलामा दक्षिण अफ्रिका विश्वकप क्रिकेटको इनिङ्समा तीन शतक बनाउने पहिलो टोली समेत बनेको छ।

ओपनर क्विन्टन डे ककले ८४ बलमा १०० रन बनाए भने रस्सी भान डेर ड्युसेनले ११० बलमा १०८ रन बनाएका थिए।

पुरुषको एकदिवसीय इनिङ्समा सबैभन्दा धेरै शतकको कीर्तिमान सन् २०२२ मा इङ्ल्यान्डले तीन पटक र २०१५ मा दक्षिण अफ्रिकाले दुई पटक मात्रै हासिल गरेको थियो।

१९६ को स्ट्राइक रेटमा तीन छक्का र १४ चौका प्रहार गरेका मार्कराम ५४ बलमा १०६ रन बनाएर आउट भएका थिए ।

उनको विस्फोटक प्रहारले दक्षिण अफ्रिकालाई आफ्नो एकदिवसीय इतिहासमा पाँचौं पटक र यो प्रतियोगितामा पहिलो पटक ४०० रनको अंक पार गर्न मद्वत गरेको थियो ।

श्रीलंकालाई यस्तो विशाल लक्ष्य पछ्याउन कठिन भएको थियो , तर उनीहरुले अप्रत्यासित संघर्ष गरेका थिए ।

श्रीलंकाले ४४. ५ ओभरमा ३२६ रन बनाउदै अलआउट भएको थियो।

विश्वकप क्रिकेटको इतिहासमा यो खेलको इनिङ्ग ७५४ रनको सबैभन्दा धेरै स्कोर बनाउन सफल भएको छ ।

दुवै टोलीले ९४ चौका र २२ छक्का लगाएको खेलमा अन्य विश्वकपका खेल भन्दा बढी बाउन्ड्रीहरू बनाएका छन् ।

कुसल परेरा (६८), अविष्का फर्नान्डो (६२) र धनञ्जय डे सिल्भा (५१) ले अर्धशतक बनाएर श्रीलंकाको शीर्ष स्थानका खेलाडीहरुले श्रीलंकालाई आशाको किरण थपेको थियो ।

तर दक्षिण अफ्रिकाका बलरहरूले नियमित विकेट लिएकाले उनीहरूले आवश्यक रन रेट कायम गर्न सकेनन्।

बलिङतर्फ कागिसो रबाडाले ४/६४ र लुंगी एनगिडी र तबरेज शम्सीले २–२ विकेट लिए ।

दक्षिण अफ्रिकाको यस जितले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ भने श्रीलंकाको आशा चार खेलमा तेस्रो पराजयसँगै ध्वस्त भएको छ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img