Friday, March 6, 2026
53.4 F
Washington DC.

बेलायत: कारागारहरू भरिएपछि अपराधीहरूलाई जेल हाल्न ढिलाइ गर्न न्यायाधीशहरूको निर्देशन

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

कारागारको अभावले कैदीहरुलाई सजाय दिन र जेलमा उनीहरुको ब्यबस्थापन गर्न बेलायत सरकारलाई समस्या परेको छ। २०१९ को निर्वाचनमा सरकारले २० हजार नयाँ कारागार बनाउने प्रतिबद्वता गरे पनि त्यस दिशामा उल्लेख्य काम हुन नसकेपछि यतिबेला नयाँ कैदीहरु राख्न सकेको छैन । बेलायतमा आगामी केही साताकालागि अपराधीलाई सजाय दिन रोकिएको छ ।

बेलायतका सबै जेलहरू अहिले पूर्ण रूपमा भरिएपछि बेलायतको एक अदालतले अस्ठाईरुपमा उपरोक्त निर्देशन दिएको हो । कारागारको बोझ केही हदसम्म कम गर्नका लागि कारागारमा रहेका केही कैदीलाई समय अगावै रिहा गर्नुपर्ने पनि अदालतले जनाएको छ ।

इङ्गल्याण्ड र वेल्सका न्यायाधीशहरूले बेलायतका कारागारहरू भरिएपछि हाल जमानतमा रहेका दोषी अपराधीहरू, जसमा बलात्कारी र चोरहरू समेत छन्, को सजाय अस्थाईरुपमा स्थगित गर्न निर्देशन दिएका छन्।

संचार माध्यम टाइम्सको रिपोर्ट अनुसार यस महिनाको सुरुमा क्राउन अदालतका वरिष्ठ न्यायाधीशहरूसँगको निजी छलफलमा इङ्गल्याण्ड र वेल्सका लागि वरिष्ठ न्यायाधीश, लर्ड जस्टिस एडिसद्वारा निर्देशन जारी गरिएको थियो। उनले कथित रूपमा न्यायाधीशहरूलाई आदेश दिएका थिए कि सोमबारदेखि उपस्थित हुने कसैलाई जेलमा नपठाउनु जबसम्म तिनीहरू पहिले नै हिरासतमा छैनन् वा जनताको लागि तत्काल जोखिममा छैनन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img